२०८१ वैशाख ७ गते | 19th of April 2024

NACC भर्जिनिया भवन निर्माणका लागि कार्ययोजना बैठक सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७६ साउन ५ गते १६:११

भर्जिनिया – झण्डै २ मिलियन डलर बराबरको ऐतिहासिक रकम संकलन गरिएको डीसी मेट्रो सप्ताह अभियान पछि भर्जिनियामा बनाउन लागिएको सामुदायिक भबनकालागि जग्गा हेर्ने र त्यसको परिक्षण गर्ने काम तिब्र रूपमा भईरहेको छ । जुलाई २० मा बसेको ईन्जिनियर , ब्याबस्थापन तथा रियल्टर्स हरुको बैठकले कार्ययोजना प्रस्तुत गरेको थियो । ईन्जिनियरहरू राम प्रधान, सागर खड्का, महेश अधिकारी, बिपिन पाठक, दिनबन्धु गुप्ता, भुप अधिकारी, गणेश थापा, दिपेन्द्र पोखरेल, बेल पछ्छाई, महेश पुन, नारायण पौडेल, दुर्गा खरेल, सुजना खकुरेल, डा. सन्दिप प्याकुरेल लगायतले यस कामलाई भोलिन्टियर रुपमा सघाईरहनु भएको छ ।

सामुदायिक केन्द्रको व्यबस्थापन समुहको तर्फबाट डा. मदन उप्रेती र ददीराम ढुंगाना, रियल्टर्स समुहको तर्फबाट बासु सत्याल एव ईन्जिनियर्स टिमको तर्फबाट ठाकुर ढकाल, प्रेम भण्डारी, गणेश मैनाली र उत्तम सेडेईको प्रतिनिधित्व रहेको उक्त बैठकमा भवन निर्माणकालागि बिभिन्न बिषयमा घनिभूत छलफल भएको थियो । यो अभियानमा सघाउन अन्य पेशामा आबद्द ब्यक्तिहरुपनि सहभागि हुने क्रम जारि छ । यो अभियानमा जो कसैले पनि अगाडि आएर आफ्नो बिज्ञता अनुसार सहभागिता जनाउन अपिल गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *