२०८१ वैशाख १३ गते | 25th of April 2024

डीसीमा बन्ने NACC भवनका लागि अगष्ट १४ सम्म मात्र सहुलियत दर रहने

खुल्लामन्च
 प्रकाशित: २०७६ साउन ७ गते २०:२०

भर्जिनिया – डीसी मेट्रो एरियामा स्थापना भएको संस्था नेपाली अमेरिकन कम्यूनिटी सेन्टर( NACC ) ले हिजो जुलाई २२ मा कन्फ्रेन्स कल बैठकको आयोजना गरेको थियो । उक्त बैठकमा ६० जनाको सहभागिता थियो । बैठकको कोर्डिनेसन गर्नुभएका ददीराम ढुंगानाले बोल्न ईच्छुकहरुलाई समयको ब्याबस्थापन गर्नुभएको थियो ।

नेपाल तथाअमेरिका भरिबाट अत्यन्तै चासोका साथ हेरिएको यो अभियानको मुख्य उदेश्य डीसी मेट्रो एरियामा एउटा नेपाली कम्यूनिटी सेन्टर बनाउने हो । २ मिलियन बराबरको अर्थ संकलन भएको यो अभियानलाई मुर्त रुप दिने उद्देश्यले पत्रकार , संस्थाका परीकल्पनाकार ईन्जिनियर , रियल्टर , तथा सामाजिक अभियन्ताहरुको सहभागितामा उक्त बैठक सम्पन्न भयो । झण्डै डेढ घण्टा चलेको उक्त बैठकमा उपस्थितहरूबाट आएका सुझाबहरुलाई लिएर त्यसै अनुरुप अगाडि बढ्ने निर्णय गरियो । बिभिन्न एरियामा रहेका स्याटेलाईट ग्रुपलाई तिब्र रुपमा परिचालन गर्दै डोर टु डोर अभियान भोली जुलाई २३ बाटै थालिने पनि बैठकले निर्णय गर्यो । 

DC METRO SAPTAH नामक फेसबुक पेजमा सबैलाई जोड्न ब्यापक ईन्भाईट गर्ने र पेजमा दाताहरुलाई बधाई ज्ञापन दिनकालागि सजिलो होस् भनेर दाताहरुले आफ्नो फोटो र छोटो जानकारी सहित म्यासेज गर्न समेत आब्ह्वान गरियो । बैठकमा भर्खरै सस्थाको ट्रष्टीका रुपमा आउनु भएका डा भेन्कटा मुलपुरीको सुझाबलाई पनि अग्र स्थानमा राखियो । डा मुलपुरी लोटस् टेम्पलका पनि ट्रष्टी हुनुहुन्छ । बैठकले मेम्बर तथा भोलिन्टियर धन्यबाद कार्यक्रम मा तदर्थ समिति गठन गर्नुपर्ने सुझाब पनि पारित गर्यो ।

बैठकले निर्णय गरेका अन्य बिषयहरु यस प्रकार छन् :

1. सप्ताह अघि सम्झौता नगरिएका कुनैपनि बिल उपर $ २०० भन्दा बढि भुक्तानि गर्नुर्पर्ने भए समिति गठन हुने र समितिले त्यसको छानबिन गररेपछि निर्णय गर्ने ।
2. अगष्ट १४ सम्म मिनिमम् पेमेन्ट नतिरेका दाताहरुलाई ईमेल र फोन मार्फत जानकारि गराईने ।
3. अगष्ट १४ पछि सदश्यता सहुलियत दर नथपिने ।
4. स्थानिय सरकारी निकाय र संघ सस्थाहरु सित
सहकार्य गर्न समिति गठन गरिने ।
5.संस्थाको अन्य आम्दानीका श्रोतहरुको पहिचान गर्न छुट्टै समिती गठन गर्ने तथा समितिको निर्णय अनुसार बिभिन्न अन्य आम्दानीका कार्यक्रम संचालन गरिने निर्णय गरियो । ( बैठकमा डोनेसन बक्स, कार वास जस्ता कार्यक्रम गर्ने सुझाब प्राप्त भएका छन)
6 संस्थाको आई टी ग्रुप , रियल्टर् ग्रुप ,
ईन्जिनियर ग्रुप , स्याटेलाईट ग्रुप तथा अन्य कुनैपनि बिधामा सहयोग गर्न चाहनेहरुलाई स्वतहस्फुर्त रुपमा आउन आब्ह्वान गरिने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *