1

शिवपुरीको पर्वतीय सौन्दर्य र इको टुरिज्म

92 पटक पढिएको

– लक्ष्मण सिटाैला

भुमिका :
नेपाल सरकारले सन २०२० बर्षलाई भिजिट नेपाल बर्षको रूपमा मनाउने घोषणा गरेको छ । अबको पाँच महिना पछि २०२० सुरु हुँदै छ । हामीसग चढ्नको लागि हिमाल हेर्नको लागि पहाड र बनजङ्गल छ भनेर मात्रै टुरिष्ट घुम्न आउने होइनन् । विविध समावेशी सस्कृतिक लोकापरम्पराको आदीय भुमी हो नेपाल । नेपाल धेरै रहस्यले भरिएको हिमालयको काखमा अव्यवस्थित एउटा सुन्दर देश हो । काठमान्डाै उपत्यकाको वरिपरि चारैतिर पर्वत शृङ्खलाहरु छन । दक्षिण पश्चिममा अवस्थित चन्द्रागिरी पहाड , थानकोट , नागर्जुन तारेकेश्वर हुँदै उत्तरी मोहडामा उभिएको एउटा आदिम पहाड हो शिवपुरी । हिन्दु आदिग्रन्थ स्कन्दपुराणको अठारौ अध्यायमा शिवपुरी पर्वतको महिमा बारे बयान गरिएको छ । यो हिमवतखण्ड अन्तर्गत रहेको पवित्र बागमती नदीको मुहानको रूपमा पनि सुपरिचित छ । शिवपुरी बागमती नदिसग सम्बन्धित छ । बागमती नदी उपत्यकाका बासिन्दाहरुको धार्मिक आस्थासग सम्बन्धित छ किनभने यसै नदीको किनारमा हिन्दूमात्रको आराध्यदेव भगवान श्रीपशुपती नाथको मन्दिर छ । उपत्यकासग जोडिएका सबै पर्वत शृङ्खलाहरु यस्तो देखिन्छन कि यो कान्तिपुरी नगरीको ठुलो पर्खाल हो । उपत्यकाको सुरक्षागार्डका रूपमा अनादी देखि उभिएर बसेका ती शोभनीय पहाड मध्य शिवपुरीको बिशेष महिमा र महत्व छ ।

शिवपुरी परिचय :
पहिला सरकारले गरेको नामाकरण “शिवपुरी जलाधार तथा बन्यजन्तु आरक्षण कोष” हो अहिले नागर्जुन पनि गाभिएको छ । शिवपुरी नुवाकोट र कान्तिपुरी महानगरीको उत्तरी सिमामा पर्छ ।शिवपुरी पुर्वमा सुन्दरीजल चिसापानी, पश्चिममा धादिङ ,उत्तरमा नुवाकोट समुन्द्रादेवी र दक्षिणमा कान्तिपुर सहरसम्म फैलिएको छ । शिवपुरीको पश्चिम् भागमा रानीपौवा ककनी काउले हुँदै सुर्यचौर गुर्जेभन्ज्याङ , बुढानीलकण्ठ माथि नारायण डाडा हुदै तारेभिरसम्म फैलिएको छ। ककनी देखि पार्टीस्वारा सम्मको पर्वतीय सौन्दर्य अत्यन्तै मनमोहक छ । शिवपुरी पर्वतको बारेमा अझै गहिराईमा गएर अध्यन गर्ने हो भने हाम्रो धार्मिक आध्यात्मिक प्राचीन पौराणिक हिन्दूग्रन्थमाला बेद पुराण उपनिषद्कालीन समयसम्म बिचरण गर्नुपर्ने हुन्छ । शिव र पुरी को द्वैध नामबाट निर्मित शिवपुरी शब्द उत्पत्ति अर्थात निर्माणसग संबंधित छ । पुरी भनेको पहाडको शिर पहाड वा स्थललाइ जनाउछ । जस्तो अलकापुरी,देवपुरी ,इन्द्रपुरी कान्तिपुरी आदि । पहाड वा स्थानीय नाममा पुरी प्रत्यय लागेर बनेका स्थलहरु कहि न कतै हिन्दु धर्म सम्प्रदायसग जोडिएका छन ।

शिवपुरीको पर्वतीय सौन्दर्य शास्त्र :
गोङ्गबु बसपार्क सामाखुसी चोकबाट शिवपुरीको शिरमा पुग्न जम्मा १३ किलोमीटरको दुरि पार गर्नुपर्ने हुन्छ । सामाखुसी चोकबाट ग्र्यान्डि हस्पिटल टाेखा सपनतिर्थ हुदै झोर महान्काल जगातको उकालो सक्किएपछी शिवपुरीको पर्वतीय सौन्दर्य सुरु हुन्छ । सहरको कोलाहलमय वातावरणलाई छोडेर पर्वतीय शान्ति प्राप्तिका लागि अहिले धेरै मानिसहरूको रोजाइमा परेको छ शिवपुरी । सामाखुशी चोकदेखि सुरु भएको दुई लेनको बाटो जगात ,गुर्जेभन्ज्याङ्ग, आर्मिक्याम्प ,गुर्जे ,गुरुङ गाउँ ,थानापती, छहरे ,थान्सिङ्फाट, चौघडा हुदै त्रीसुलीसम्म जोडिएको छ । यो बाटोको निर्माणरेखा २०४२ सालमा डाक्टर प्रकाशचन्द्र लोहनीको  अर्थमन्त्रीय कार्यकालमा सुरु भएको हो । शिवपुरीलाई पर्यटन हबको रूपमा बिकास गर्ने हो भने यो बाटोको सुधार पहिलो आवश्यकता हो । शिवपुरी पवित्र पहाड हो । यहाँ भित्र शिवपुरी बाबाको आश्रयस्थल छ । बागमती नदीको मुहान बागद्वारमा आजभन्दा करिब पचास बर्ष अगाडि भारतबाट गोबिन्दानन्दन भारती नाम गरेका तपस्वी शिवपुरीमा आइ तपस्या गरि बसे यति मात्रै नभै उनी उपत्यकाको नागर्जुन नगरकोट चन्द्रागिरी आदि पहाडसग अत्यन्तै रमाउथे भन्ने कुरा सुनिन्छ ।

इस्वि सम्बत १८२६ दक्षिण भारतमा जन्मेका बाबा सन्सार घुमेर नेपाल आउँदा उहाँको उमेर सय बर्ष पुगिसकेको थियो। उनी १९२६ मा नेपाल आइ शिवपुरीमा आश्रम बनाइ बसे। १३७ बर्ष आयु बाचेर जिन्दगीका अन्तिम पलहरु उन्ले पावन पर्वत शिवपुरीमा बिताए। बाबा स्वयंले भनेका थिए “सन्सारमा बस्न लायक सर्वोत्कृष्ट स्थान यदि कहि छ भने त्यो शिवपुरी बन हो” । आज पनि उनी विद्वान धर्मपरायण साधुका रूपमा हिन्दु धार्मिक सम्प्रदायमा परिचित छन । १३७ बर्षको आयु भोग गरेका शिवपुरी बाबाले अलबर्ट आइस्टाइन देखि बिश्व जगतका ख्याति प्राप्त ब्यक्तिहरुलाइ समेत दर्शन दिएका थिए । शिवपुरी बाबाको आयु बारे अझै रहस्य छ । कोहि भन्छन उनी दुई सय बर्ष बाचे । उनी केवल दुध मात्रै पिउथे
योग , ध्यान र समाधीका कारण उनीभित्र अद्भुत शक्ति थियो । उनको बारेमा थुप्रै धार्मिक किवदन्ती पाइन्छ । शिवपुरी पर्वत आफै रहस्यले भरिएको छ त्यसमाथी त्यही योग ध्यान गरेर १३७ आयु बाचेका बाबाको आश्रम हुदा यो स्थान अझै रहस्यमयी छ ।

Image result for shivapuri nagarjun national park

शिवपुरी पर्वत यिनै तपस्वी साधुका नामबाट पनि अझै परिचित हुन पुग्यो । उनले ध्यान गरेको स्थान अझैसम्म संरक्षित छ । उनको देहावसान पछि पशुपति ध्रुवस्थलीमा समाधी बनाइयो । यसै शिवपुरी आश्रममा अहिले पनि भारत दिल्लीबाट आएका साधु महात्मा श्री टाेड्के बाब बस्नुहुन्छ । साधु सन्तहरुले योग ध्यान तपस्या गरेर बस्ने प्रकृतिको अनुपम उपहार बिबिध जैविकताले भरिपुर्ण धराको सुन्दर स्वरुप नै शिवपुरीको सौन्दर्य शास्त्र हो । यहाँ भित्र अनेकौं जातिका प्राकृतिक जडिबुटी पाइन्छन । भरपुर मात्रामा प्राकृतिक अक्सिजन पाइने हुनाले शिवपुरी उपत्यकाबासीहरुको कैलाश पर्वत नै हो । सृष्टिका सबै चिज सुन्दर स्वरुप लिएर नजन्मिन पनि सक्छन तर धरती मात्र एउटा यस्तो सुन्दर मुहार हो जो कहिले पनि असुन्दर हुनै सक्तैन । शिवपुरी यहि सौन्दर्यको बिहानी लिएर जन्मिएको शिवस्थल हो ।

कुनै पनि पर्वत आफैमा केही होइन यो सिर्फ काचो माटाेको थुप्रो मात्रै हो । तर जब यो माटाेको थुप्रोमा ,यस्का वरिपरि हरियाली हुन्छ त्यो हरियाली भित्र बिबिध प्राकृतिक जैविकता हुन्छ। चराचुरुङ्गीको वासस्थान हुन्छ , कन्चन पानीको मुहान हुन्छ , कुवाका मुल हुन्छन , सानातिना ताल हुन्छन , सिमसार हुन्छ जडिबुटीको स्रोत हुन्छ अनि त्यो पहाड केवल पहाड मात्रै नभएर कैलाश पर्वत बन्छ । त्याहा मानिसहरूलाई एकप्रकारको प्रशान्ति मिल्छ । वास्तवमा हाम्रो हिन्दुग्रन्थमा बानप्रस्थाश्रमको बर्ण ब्यावस्थापनको कुरा यतिकै उठेको होइन । यो परम्पराको ठुलो महिमा र महत्त्व छ । ऋषिहरुले जङ्गलमै बसेर योग ध्यान गर्थे र आज जुन धर्मग्रन्थहरु हामीले पढ्न पाइरहेका छौ ती ग्रन्थहरु कुनै घरमा बसेर लेखिएका होइनन् । ती त अरन्ड्य बनको शैलछायामा बसेर लेखिए ।

शिवपुरी पर्वत आफैमा एउटा अदभूत सिर्जना प्रकृतिको । यहाँ भित्र अनेकौं किवदन्ती र रहस्यहरु छन । पर्यटनको हिसाबमा यो पर्वतले धेरै संभावना बोकेको छ । शहरको कोलाहलबाट यति नजिकै रहेको शान्तिस्थल शायद अन्यत्र पनि होला तर यस्को गुरुत्वता असाध्य छ । काठमान्डाैका जनतालाइ मानसिक शान्ति दिने स्थान भनेकै शिवपुरी हो । हरेक दिन कन्क्रीटको जङ्गलबाट मानिसले उत्तरी भेगमा आफ्ना आँखा घुमाउदा देखिने धरतीको एउटा मीठो कविता नै हो शिवपुरी पहाड । त्याहा सधाबहार हरियो देखिने रुखहरुको आफ्नै शालीन बैश छ। वास्तवमा यो नै यस्को सौन्दर्यताको राज हो । सबै याममा फुलिरहने जंगली फूलहरुको अस्लेष भन्डार हो शिवपुरी । यहाँका बोट बिरुवा कसैले सारेको होइनन । जति पनि हरिया बिरुवा छन ती सबै प्राकृतिक रुपबाट नै मौलाएका छन । शिवपुरी भित्र प्राकृतिक कुवा र अविरल रूपमा बगिरहेका जीवन दायिनी धाराहरु छन । यहाँ भित्र खेलिरहेका मृगशावकहरु यसै धाराबाट बगिरहेको कुवामा नुहाउछन । शिवपुरी बुद्धमार्गीहरुको पनि योग भुमी हो । यहाँ भित्र बुद्ध मार्गमा लाग्नेहरुका लागि विविध गुम्बाहरु पनि छन । शिवपुरी ॐ कार जगतका लागि मात्रै नभएर यो समस्थ मानवीय जिन्दगीमा प्रशान्ती ल्याउने शान्ति बाटीका हो ।

शिवपुरी जङ्गल भित्र बाघ भालु हरिण मृग लेकाली गाई चितुवा बादर स्याल लगायत अनेकौं पशुपन्छी बसोबास गर्छन । जब शिवपुरीमा श्री सुर्यको प्रथम किरण पर्छ यस्को सौन्दर्य अझै निखारिन्छ । पदयात्रीका लागि निश्चित बाटो अझैसम्म तयार नभएकोले शिवपुरी अझैसम्म चोखो छ। यस्को शालीनतालाइ नस्ट पनि गर्नुहुदैन र यो जोगाउनु हाम्रो कर्तव्य पनि हो ।

इको टुरिज्म :
प्राकृतिक जैविक बिबिधतालाइ नबिथोली स्थानीयहरुको आर्थिक उन्नतिका लागि पर्यटन ,सामाजिक उत्थान र इकोसिस्टमलाई अझै समुन्नत पार्ने भ्रमण नै इको टुरिज्म हो । जङ्गल , पर्वत कुवा र पहाडी मुहारमा कुनै धब्बा नलाग्ने गरि यात्रा गर्नु इको टुरिज्म हो । अहिले सन्सारका मानिसहरु वातावरण प्रती अत्यन्तै संबेदनसिल छन । हाम्रो चेतनाको स्तर वृद्धि कै कारण पनि प्रकृतिको सुन्दरतालाई अब जोगाउनु पर्छ भन्ने मान्यता सुरु भैसकेको छ । कुनै ब्यावशाय सुरु गर्नुपुर्व पनि यसबाट वातावरणलाई कुनै हानी पुग्छ कि भन्ने अध्यन हुन्छ अनि मात्रै त्यो उधोग धन्दा उत्पादनका लागि स्वीकृत हुन्छ । अहिले हरेक कुरामा वातावरण मैत्रीका कुरा आइरहेकाछन । भ्रमणमा पनि यहि कुरा लागू हुन्छ । शिवपुरीको प्राकृतिक जैविकताको सुरक्षाको साथै शिवपुरीलाई पर्यटन हबका रूपमा बिकास गर्न सक्छौ हामी ।

शिवपुरी वरिपरि रहेका स्थानीय गाउँहरुको बिकासका लागि पनि इको टुरिज्म आवश्यक छ । अहिले गुर्जे भञ्ज्याङ् ,पार्टीस्वारा र सुर्यचौरमा होटेलहरु धमाधम निर्माण भैरहेका छन। सुर्यचौरबाट देखिने उपत्यकाको मनोरम दृश्यले पर्यटकलाइ मोहित बनाउछ । सुर्यचौरबाट उपत्यका मात्रै होइन नुवाकोटको पृथ्वीनारायण शाहकालीन दरबार, थान्सिङ फाट अनि पुर्वको चिसापानी सुन्दरीजल र नुवाकोट जिल्लाको बैसठ्ठी गाउँपालिका सुर्यचौरबाट देख्न सकिन्छ। शिवपुरी भिलेज नामक रिसोर्टहरु संचालित छन। करिब दुई करोडको लगानीमा ” शिवपुरी फन्ड रिसोर्ट एन्ड होलिडे क्याम्प” निर्माण हुँदै छ। गुर्जेमा अब बिस्तारै होमस्टेहरु पनि सन्चालन गर्दै जाने कार्यक्रम छ । गुर्जेभन्ज्याङ्ग भन्दा ४ किलोमीटर तल फेदिगाउ र सुनखानी बिच रहेको अधेरी खोलामा करिब १२ करोडको लगानीमा बन्जिजम्प निर्माण हुदै छ । बन्जिजम्पका एक सन्चालक त्याहाका स्थानीय युवा श्री नवराज भेटुवालको भनाइ अनुसार बन्जीजम्पको सर्वेको सबै काम सकिएर अब मङ्सिरको पहिलो हप्ताबाट निर्माण कार्य सन्चालन भइ नेपाली नयाँ बर्ष २०७७ बैशाख बाट यो पुर्ण रूपमा सन्चालनमा आउने छ । सुर्यचौर बाट निकट भविस्यमा प्याराग्लाइडिङ पनि सन्चालन गरिने लक्ष्य राखिएको छ। स्थानीय तहबाट नै यस्को अध्यन भैरहेको छ। छ्हरे टाेखा बाटोलाई स्तरोन्नति गर्नुपर्ने हुन्छ र यो काम पनि अगाडि बढीरहेको छ । झोर महान्कालको जगातबाट सिमेन्ट ढलान गरि बाटोलाई अझै मजबुत बनाउने काम हुदै छ । शिवपुरीमा पर्यटन प्रवर्द्धन गर्न स्थानीय युवाहरू पनि लागिरहेका छन । शिवपुरीमा पाइने प्राकृतिक जैबिक विविधीकरणका कारण पनि पर्यटनका हिसाबले यो स्थानले आफ्नै महत्त्व राखेको छ । पर्यटनलाई चाहिने चार आधारभुत कुराहरू बाटो , बास, सुरक्षा र प्राकृतिक रहस्य र विविधता यी सबै कुराहरू यहाँ छन । इको टुरिज्म प्रबन्धका लागि शिवपुरी पुर्णरूपमा योग्य छ ।

Related image

शिवपुरीमा केवलकार :
केही दिन अगाडि पत्रपत्रिकामा एउटा सनसनीपुर्ण खबर छापिएको थियो कि शिवपुरीमा पर्यटन प्रबर्द्धनका हिसाबले केवलकार संचालन गर्ने कुरा । भोलिपल्ट देखि नै बिरोध र समर्थनका कुराहरूले बजार ततायो । छापाहरुमा शिवपुरीसग जोडिएका थुप्रै कुराहरू आए । प्रकृति मान्छेको लागि हो । यस्को उपयोग मानिसको जीवन रक्षा र आत्मारन्जका लागि हुनुपर्छ । शिवपुरीको जैबिकता नबिगारिकन केवलकार सन्चालन गर्न कुनै हानी नोक्सानी छैन बरु यस्ले अझै शिवपुरीको महत्त्व माथी सहयोग पुर्याउने छ । जङ्गलका रुखहरु रातारात फडानि गरेर काठ तस्करी गरे पो हानी । केवलकार चढेर शिवपुरीको शिरको दर्शन गरेर पहाड हेरेर अनि उत्तर तर्फका गणेश हिमाल र गोसाइँकुण्ड हेरेर केवलकार मै फर्किदा कसरी बिग्रन्छ शिवपुरीको जैबिकता ? केवलकार सन्चालन गर्दा जैबिकता बिग्रने होइन काठ तस्करी गर्दा पो बिग्रेर जाने हो जैविकता । केवलकारले शिवपुरीको प्राकृतिक सुन्दरतामा कुनै हानी नोक्सानी पुर्याउदैन । हो बरु केवलकारको अन्तिम गन्तव्य बागद्वार धाम वरिपरि निश्चित पर्खाल लगाएर पर्यटकलाइ अनधिकृत रुपैया जङ्गल पस्न भने दिनु हुदैन । निश्चित पर्खालको घेरा भित्र बसेर निश्चित समय भित्र केवलकारबाट मात्रै फर्कने ब्यावस्थापन गर्दा शिवपुरीको प्राकृतिक जैविकतामा कुनै प्रकारको हानी हुने छैन ।

शिवपुरीमा केवलकार सन्चालन गर्दा उपत्यकाबासिले खाइरहेको पानीको मुहान सुक्छ भन्ने कुरा पनि आयो । रुख बिनास गरियो भने शिवपुरी भित्र रहेको सिमसार मासिन्छ अनि पानीका मुहानहरु सुक्न सक्छन। मानिसहरू केवलकार चढेर प्रकृतिको आनन्द लिन जाने हुन बन फाड्न जाने होइनन् । जैबिकता नासिन्छ भनेर सगरमाथा चढ्न पनि बन्द गर्नुपर्ने हुन्छ उसोभए । तर्क जसरी गरे पनि हुन्छ । मानिस प्रकृतिको लागि र प्रकृति मानिसको लागि हो । दुवैले एकले आर्काको सुरक्षा गरे मात्रै एउटा प्राकृतिक सन्तुलन कायम रहन सक्छ। प्रकृति जोगाउनु भनेको मानिस आफै जोगिनु पनि हो। प्रकृति छैन भने मानिस आफू स्वयं छैन यदि यो कुराको ख्याल राख्ने हो भने पृथ्वीसगै मान्छे स्वयंको आयु वृद्धि हुने छ । अहिलेका २१ औ शताब्दीका मानिसले प्रकृति जोगाउनु पर्छ भन्ने कुरा बुझिसकेको छ ।

laxmanrajsitaula@gmail.com

तपाईको प्रतिक्रिया

काठमाडौं - गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तराष्ट्रिय परिषद सदस्य राजन त्रिपाठी अमेरिकाज.. ...

अमेरिका -  ४३ सालअघि नेपालमा चितवन जिल्लाको रत्ननगरमा मध्ययम परिवारमा हाल टेक्सास निवासी.. ...

काठमान्डौं - एनआरएनए विश्व सम्मेलनमा भाग लिन संसारभरबाट गैरआवसीय नेपालीहरु काठमान्डौं.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...