२०८१ वैशाख ८ गते | 20th of April 2024

एनआरएन अमेरिकाको प्रवक्तामा ओम भट्टराई नियुक्त

खुल्लामन्च
 प्रकाशित: २०७६ साउन २८ गते १५:४४

टेक्सास – एनआरएनए अमेरिकाको प्रवक्तामा ओम भट्टराई नियुक्त भएका छन् । नेपाल तरुण दल अमेरिका शाखाको अध्यक्ष पदमा रहेर अमेरिकी नेपाली समुदायमा चर्चा कमाएका भट्टराईलाई एनआरएनए अध्यक्ष सुनिल साहले प्रवक्तामा नियुक्त गरेका हुन् ।

सालीन एवम आत्मिक नेतृत्व क्षमताका भट्टराई युएस खबरसंग आवद्ध रहेर सामुदायिक सुचना प्रवाहमा क्रियाशिल रहेका पत्रकार समेत हुन् । सामाजिक अभियान्ता भुवन आचार्य र किशन रेग्मी लगायत समुहको पहलमा तत्कालिन युएस खबर पाक्षिक पत्रिका सञ्चालन सदस्य थिए, भट्टराई । हाल यस पत्रिका अनलाईन पत्रिकाका रुपमा टेक्ससबाट सञ्चालित छ ।

एनआरएन अमेरिकाको निर्वाचनमा अध्यक्ष सुनिल शाहको क्याम्पेनिङ म्यानेजरको रूपमा सफल भुमिका निर्वाह गरेका भट्टराईले प्रवक्ता नियुक्त भए लगत्तै तरुण दल अमेरिकाको जिम्मेवारीबाट आफु अलग भएको घोषणा गरेका छन् । एनआरएनए अमेरिकाको विधानले प्रवक्ता नियुक्त गर्ने सम्पूर्ण अधिकार अध्यक्षलाई प्रदान गरे अनुरुप साहले भट्टराईलाई प्रवक्ता नियुक्त गरेका हुन् ।

भट्टराईले तरुण दल अमेरिका शाखाको अध्यक्षमा रहदा संस्थागत हितका लागि निर्वाह गरेको भुमिकाका कारण तरुणदल अमेरिकाले सकारात्मक चर्चा कमाउन सफल भएको थियो । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई अमेरिका आउँदा कालो झन्डा देखाउनुका साथै उनको सार्वजनिक कार्यक्रम बहिष्कार गरेर चर्चा कमाएका एनआरएन अमेरिकाका नवनियुक्त प्रवक्ता भट्टराई एनआरएन अमेरिका अध्यक्ष साहकै गाउं टेक्सासका बासिन्दा हुन ।

नेपाली जनसंपर्क समिती, अमेरिकाको निर्वाचनमा सबैभन्दा धेरै मत मत ल्याएर विजयी भएका भट्टराईलाई सफल कार्यकालको शुभकामना !

Leave a Reply

Your email address will not be published. Required fields are marked *