२०८१ वैशाख १२ गते | 24th of April 2024

अमेरिकाको एट्लान्टामा पहिलो नेपाली स्वास्थ्य सम्मेलन

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ ३ गते ५:०३

एटलान्टा – गैह्र आवासीय नेपाली संघ, आईसीसीको ग्लोबल हेल्थ एण्ड हाईजीन कमिटी तथा एनआरएनए एनसीसी अमेरीकाको संयुक्त आयोजनामा यही सेप्टेम्बर २०-२२, २०१९ मा अमेरीकाको एटलान्टा शहरमा ‘स्वास्थ्य सम्मेलन  Health Conference’  हुन गईरहेको छ । पहिलो ग्लोबल नेपाली हेल्थ कन्फरेंसको प्रमुख अतिथिको रूपमा भागलिन नेपालका उपप्रधानमन्त्री तथा स्वास्थ्य एवं जनसंख्या मन्त्री उपेन्द्र यादव अमेरिका आउदै हुनुहुन्छ। सो स्वास्थ्य सम्मेलनका संयोजक एवं एनआरएनए आईसीसीका हेल्थ एण्ड हाईजीन कमिटीका चेयर डा. संजीव सापकोटाबाट प्राप्त सूचनानुसार उपप्रधानमन्त्री यादव सेप्टेम्बर १९ मा एटलान्टा आईपुग्ने र सेप्टेम्बर २१ मा संयुक्त राष्ट्रसंघको साधारणसभामा भाग लिन न्यूयोर्क तर्फ प्रस्थान गर्ने कार्यक्रम छ।

बिदेशमा सिकेका स्वास्थ्य सम्बन्धी ज्ञान, सीप, अनुभव र प्रबिधीहरूलाई कसरी स्वदेश तथा बिदेशमा बस्ने नेपालीहरूको हितमा उपयोग गर्न सकिन्छ भन्ने बिषयमा सो सम्मेलनमा बृहत् छलफल हुनेछ । सो सम्मेलनमा प्रस्तुत गरिएका कार्यपत्रहरू र प्यानल डिस्कसनबाट निस्केका निष्कर्षहरु समाबेश गरी “एट्लान्टा स्वेतपत्र” जारी गरिनेछ। बिषयगत छलफलका अतिरिक्त सो कार्यक्रममा सामान्य हेल्थ चेकअप, ल्याब टेस्ट, योग, ताईची, मेडिटेसन, रनिंग, वाकिंग, माउन्टेन हाइकिंग, सीपिआर/एईडी तालिम आदिको पनि आयोजना गरिने कुरा सो सम्मेलनको संयोजक डा. सापकोटाले बताउनुभयो ।Image result for upendra yadav

सो सम्मेलनमा भागलिनको लागि आफ्नो नाम रजिष्ट्रेशन गर्न, कार्यपत्र प्रस्तुत गर्नको लागि एबस्ट्र्याक्ट बुझाउन, होटल बुक गर्न तथा सोभेनियरमा आफ्नो लेख-रचनाहरू छपाउनको लागी एनआरएनए आईसीसीको आधिकारिक वेभसाईट एनआरएनए आईसीसीको आधिकारिक वेभसाईट – Hygine Committee मा क्लिक गर्नुहोला। नेपाल भित्र बसोबास गर्ने नेपाली लगायत संसारभरी छरिएर रहेका गैह्र आवासीय नेपालीहरूको स्वास्थ्यलाई फाईदा पुग्ने खालका अनुसन्धनात्मक कार्यपत्रहरू सो कार्यक्रममा प्रस्तुत गर्न चाह्ने महानुभावहरूले आफ्नो कार्यपत्रको एबस्ट्र्याक्ट [email protected] मा ईमेल मार्फ़त सिधै पनि पठाउन सकिने कुरा एवस्ट्याक्ट रिन्यू कमिटीका संयोजक एवं एनआरएनए अमेरीकाका बोर्ड अफ डायरेक्टर सत्य नारायण चौधरीले जानकारी गराउनुभयो।

सो पहिलो नेपाली हेल्थ कन्फरेंसलाई सफल बनाउन को लागी अमेरीकन सरकारको सेन्टर फ़ोर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (CDC), सोसाईटी अफ अमेरीकन नेपलीज नर्स (SANN), ब्लड डोनर्स अफ अमेरीका, नेपाली कल्चरल सेन्टर (NCC) एटलान्टा, नेपलीज एसोसिएशन अफ जर्जिया (NAG), ग्रेटर एटलान्टा बैदीक मन्दिर (GAVT) र स्टार स्कोलार नेटवर्क (STARscholar), लगायतका अन्य संघसंस्थाहरूले सहयोग गरिरहेका छन। Image result for suneel sah

एटलान्टा जर्जिया क्षेत्रका सामाजिक अभियन्ताहरू डा. प्रल्हाद पन्त, कुमार केसी, सृजना शर्मा, डा. अनुप श्रीवास्तव, दामु डंगोल, सूर्य लम्साल, गिरवान पाण्डे र स्नेहा सापकोटा लगायतका महानुभावहरूले यो कन्फरेंसलाई सफल बनाउन अहोरात्र खटिराख्नुभएकोछ। त्यसैगरी एनआरएन अभियन्ताहरू पशुपति पाण्डे, बुद्धी सुवेदी, कृष्णजीवि पन्त, बन्धु पोखरेल, इन्दिरा त्रिपाठी, गोबिन्द श्रेष्ठ, बाबुराजा महर्जन, जुनु गुरूंग, हरिबोल भण्डारी आदिले महत्वपूर्ण सहयोग गरिरह्नुभएकोछ। बिषयगत बिशेषज्ञका रूपमा डा. केशव पौडेल, डा. यादव पंडित, डा. रूद्र अर्याल, डा. तारा सिग्देल, डा. उत्तम गौली, डा. श्याम थापा, डा. बर्षा मोक्तान, डा. अर्जुन बन्जाडे, डा. पुरू श्रेष्ठ, डा. शरद ताम्राकार, डा. शाधुराम पाण्डे, डा. प्रमोद रेग्मी, डा. सुरेश सापकोटा, डा. लक्ष्मण पोखरेल, डा. भास्कर क्षेत्री, डा. तिर्थ तिमिल्सिना र डा. दिलीप यादव लगायतका बिशेषज्ञहरूले अहम् भूमिका खेलिराख्नुभएको छ ।

एनआरएनए एनसीसी अमेरीकाका अध्यक्ष सुनिल साहले पहिलो ग्लोवल नेपाली हेल्थ सम्मेलन अमेरीकामा आयोजना गर्न पाउनु हामी अमेरीकाबासी एनआरएनको लागि गौरवको बिषय भएको जानकारी गराउदै यस सम्मेलनका निष्कर्षहरूलाई ब्यवहारमा उतार्न पहल गरिने जानकारी गराउनुभयो ।

Image may contain: Sanjeeb Sapkota

एनआरएनए आईसीसीको नेपालमा अक्टोबरमा हुन लागेको ग्लोबल कन्फेरेन्सको पूर्वसंध्यामा हुनलागेको यो ग्लोबल हेल्थ कन्फरेंसमा स्वास्थ्य प्रोफेस्नल, एनआरएनए अभियन्ताहरू, सर्वसाधारण तथा एनआरएनए आईसीसीमा उम्मेदवार हुनचाह्ने ईच्छुक उम्मेदवारहरूको बाक्लो उपस्थिति हुने भएकोले यो स्वास्थ्य सम्मेलनलाई बिशेष महत्वकासाथ हेरिएको छ । यसपटक स्वास्थ्य बिषयसंग सम्बन्धीत गैह्र आवासीय नेपाली बिशेषज्ञहरूले गहन छलफल पश्चात तयार पारिने एटलान्टा स्वेतपत्रको सन्देश लिएर एनआरएनए आईसीसीको सम्मेलनमा भाग लिन जान पाउनु हामी गैह्र आवासिय नेपालीहरूको लागि गौरवको बिषय भएको कुरा एनआरएनए अमेरीकाका निबर्तमान उपाध्यक्ष एवं एनआरएनए आईसीसीका अमेरीकाज क्षेत्रका सम्भावित महिला संयोजकका उम्मेदवार राधा पौडेलले बताउनुभयो । सो कार्यक्रममा अमेरीका लगायत अस्ट्रेलिया, युके, दक्षिण कोरिया, न्यूजिल्याण्ड, अफ़्रीका, क्यानाडाका साथै अन्य बिभिन्न देशमा बसोबास गर्ने चिकित्सक, नर्स, स्वास्थ्य प्राबिधिक तथा एनआरएनए अभियन्ता लगायत सर्बसाधारणहरूको बाक्लो उपस्थिति रहनेछ । अमेरिकाका बिभिन्न राज्यमा रहनुभएका सामुदायिक सदस्यहरु तथा एनआरएनकर्मीहरुलाई यो ऐतिहासिक कार्यक्रममा उपस्थितिका लागि अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *