२०८१ वैशाख १३ गते | 25th of April 2024

डा. केशव पौडेल, एनआरएन आईसिसी महासचिव पदका उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ ६ गते १६:५६

अमेरिका – गैरआवासिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद अमेरीकाका दुई-दुई कार्यकलका निवर्तमान अध्यक्ष डा. केशव पौडेल अक्टोबरमा १५-१७ मा नेपालमा आयोजना हुने एनआरएनए, आइसिसी ग्लोवल कन्भेन्सनमा महासचिव पदका लागि उम्मेदवार हुने भएका छन ।

एनआरएन अमेरीकाको चार बर्षे सफल नेतृत्व गरेका डा. पौडेलले एनआरएन अभियानका लागि अमेरिकाका बिभिन्न राज्य भ्रमण, एनआरएन अमेरीकाको सदस्यता बिस्तार, कार्यगत एजेण्डा र संस्थागत बिकासलाई गति दिएका थिए । उनकै कार्यकालमा २०१६ मा न्यूजर्सीमा एनआरएनए अन्तरराष्ट्रिय सम्मेलन समेत सफलतापूर्वक सम्पन्न भएको थियो भने सोही सम्मेलनमार्फत ‘एनआरएनए भिजन २०२० एण्ड बियोन्ड’को अबधारणा प्रस्तुत गरिएको थियो । डा. पौडेलले बिज्ञ सम्मेलन सफलतापूर्वक सम्पन्न गर्नुका साथै ग्लोवल सम्मेलनमा सबैभन्दा बढी डेलिगेट्स लान सफल भएका थिए ।

पेशाले मेडिकल डाक्टर केशव पौडेल मानव जिवनसंग सर्वाधिक जोडीएको क्षेत्रमा कार्यरत भएर नै महाभुकम्पको अर्तनादले जन्मभुमी रोएको बेला मल्हम लगाउन टीम लिएर नेपालका प्रभावित स्थानहरुमा पुगेका थिए । एनआरएनएका लागि परिवारको प्यार छाडेर दिनरात नभनि अमेरिका लगायत एनआरएनएको सञ्जाल फैलिएका अन्य देशहरुमा आयोजित प्राय सम्पूर्ण सम्मेलन र भेलाहरुमा सहभागी हुँदै आफ्नो कार्यकालमा एनआरएनए अमेरीकाको उपस्थितीलाई दर्हो बनाउँदै आईरहेका ब्यक्तित्व हुन ।

एनआरएनए अमेरिकाका बिभिन्न राज्यहरुमा प्रत्यक्ष भेटले एनआरएनकर्मी एवम नेपाली समुदायमा दरिलो सम्बन्ध बनाएका डा. पौडेल सम्बन्ध, सहभागीता र संस्थागत बिकासलाई आत्मसात गर्दै आगामी कार्यकालको लागि आईसीसी महासचिवमा उम्मेदवार हुने निर्णय गरेको बताउंछन ।
अमेरीकाको न्युमेक्सिको राज्यमा सपरिवार बस्दै आएका डा. केशव पौडेल एनआरएन महाअभियानमा होमिनुअघि दर्जनौ सामाजिक संघ संस्थामा आवद्ध रहिसकेका पात्र हुन ।

चिकित्सा क्षेत्रमार्फत नेपाल बिद्धार्थी संघको तत्कालिक केन्द्रिय सदस्य रहेका डा. पौडेल उच्च शिक्षाका लागि संबृद्धशाली अमेरीका छिरेका डा. पौडेल आलोचना र विवादलाई अनुभव, ज्ञान र सम्बन्धमार्फत समाधान निकाल्नुपर्ने मान्यता राख्दछन । प्रजातान्त्रिक धारका विश्वभरका एनआरएनएकर्मीहरुसंग सहज सम्बन्ध भएका डा. पौडेललाई महासचिवका बलिया प्रतिष्पर्धी मानिन्छ ।

विगतका ग्लोवल सम्मेलनमा विना तयारी र आफु खुशी उम्मेदवार घोषणा गर्ने र एउटै पदमा अमेरीकाका धेरै प्रतिष्पर्धी हुँदा परिणाम अमेरीकाको पोल्टामा आउन नसकेको तितो यथार्थलाई मनन गर्दै यसपटक एक पदमा एक उम्मेदवार बनाउंदै आईसिसीमा एनआरएनए अमेरिकाको बलियो उपस्थिती बनाउने कार्यमा तिव्र गृहकार्य भइरहेको छ । त्यसो त यसपटक डा. केशव पौडेल आइसिसी महासचिव र बर्तमान क्षेत्रिय संयोजक गौरीराज जोशी आईसिसीको सचिव पदमा उठ्ने निश्चित भईसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *