२०८१ वैशाख ७ गते | 19th of April 2024

विश्व जुनियर पौडी प्रतियोगितामा दुई नेपाली खेलाडीद्धारा राष्ट्रिय कीर्तिमान

खुल्लामन्च
 प्रकाशित: २०७६ भदौ ६ गते १९:२९

हंगेरी – हंगेरीको बुडापेस्टमा जारी सातौं विश्व जुनियर पौडी प्रतियोगितामा नेपालका दुई जना खेलाडी राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका छन् । एक सय मिटर बटरफ्लाईमा शाहीद हम्जा शाहले तीन दशक अघिको राष्ट्रिय कीर्तिमान भंग गरेका हुन् । शाहले ०१.०१.२२ सेकेण्डस्को टाइमिङ निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । 

 

यसअघि यो कीर्तिमान ०१.०३.४३ सेकेण्ड्सको टाइमिङमा आनन्द लेप्चाको नाममा थियो । लेप्चाले यो कीर्तिमान सन् १९८९ मा बनाएका थिए । त्यस्तै एक सय मिटर ब्रेस्ट स्टोकमा विद्या संस्कार स्कुलमा कक्षा १० मा अध्ययनरत अदिप्सा वैद्यले पनि नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । वैद्यले ०१.२३.८९ सेकेण्डस्को टाइमिङ निकाल्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी हुन् । 

महिलातर्फ टीसा शाक्य, अदिप्सा वैद्य, युस्का महर्जन र अनुष्का पोख्रेलले सहभागिता जनाइरहेका छन् । प्रशिक्षकमा ईश्वर कार्की तथा टिम व्यवस्थापकमा वैभव पौडेल छन् । 

यसअघि यो कीर्तिमान ०१.२५. ८२ सेकेण्डस्को टाइमिङमा टिसा शाक्यको नाममा थियो । अगष्ट २५ तारिखसम्म हुने प्रतियोगितामा समान ४–४ पुरुष÷महिला खेलाडीले नेपालको चुनौति प्रस्तुत गरिरहेका छन् । प्रतियोगितामा सहभागी हुने पुरुष पौडीबाजहरुमा सैयद हम्जा शाह, गौरव लामा, वैदज्ञराज जोशी र विकास कुमाल रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *