२०८१ वैशाख ८ गते | 20th of April 2024

एनआरएनए अमेरिकाका डेलिगेट्स प्रकृयामा कार्यसमितिका बहुमत सदस्यहरुको असहमति, संस्था शुद्धीकरण अभियान शुरु

खुल्लामन्च
 प्रकाशित: २०७६ असोज १० गते ३:३६

अमेरिका – एनआरएनए एनसीसी अमेरीकाका बहुमत पदाधीकारीहरूद्वारा “आईसीसी डेलिगेसन छनौट समितिको” नामाबली अस्वीकृत एनआरएनए एनसीसीका बहुमत पदाधीकारीहरू द्वारा ‘आईसीसी डेलिगेसन छनौट समिति’ ले तयार पारेको आईसीसी डेलिगेसन नामाबलीलाई अस्वीकृत गरेकोछ।

एनआरएनए एनसीसीलाई बाइपास गर्दै आज निकालिएको तेस्रो नामाबलीमा छनौट समितिका पदाधीकारीहरूले एनआरएनएमा सकृय एवं जिम्मेबार ब्यक्तित्वहरूलाई पाखा लगाउदै आफ्ना नातागोता र आफ्नै परिवारका सदस्यहरूलाई डेलिगेसन लिस्टमा नाम पार्न सफल भएकाछन्। सम्पूर्ण अमेरीकाबासी एनआरएनहरूको जनआवाजलाई बिश्वासघात गर्ने यस्ता निर्णय बिरूद्ध हामी तल उल्लेखित बहुमत एनआरएनए एनसीसीका पदाधीकाकीहरू संस्था सुद्धीकरणको यस अभियानमा सरीक भएकाछौं।

गैह्र आवासीय नेपाली संघ, आईसीसी को बिधान २००३ (संशोधन २०१७) को परिच्छेद ५ धारा १३ तथा गैह्र आवासीय नेपाली संघ, राष्ट्रीय महाधिवेशन संचालन सम्बन्धी नियमाबली २०१९ को धारा ७.२ मा “अन्तराष्ट्रीय महाधिवेशनमा मतदान अधिकार सहित भाग लिनका लागि सम्बन्धित राष्ट्रीय समन्वय परिषदले प्रतिनिधी चयन गर्नेछ” भन्ने प्रष्ट ब्यबस्था छ। त्यसै गरि एनआरएनए एनसीसी अमेरीकाको बिधान २०१८ को धारा XVIII (157) ले पनि एनआरएनएको अन्तराष्ट्रीय महाधिवेशनको प्रतिनिधि छनौट गर्ने अधिकार एनआरएनए एनसीसी बोर्डलाई सुम्पेकोछ। तर यी सम्पूर्ण क़ानूनी प्रबधानहरूलाई बेवास्ता गर्दै एनआरएनए एनसीसीका “केही सिमित ब्यक्तिहरू’ सम्मिलित ‘आईसीसी प्रतिनिधी छनौट समिति’ ले नियमाबली बिपरित तथा मनोमानी ढंगले उक्त समितिकै पदाधीकारीहरूलाई समेत जानकारी नगराई आईसीसी डेलिगेट्स चयन गरेकोछ। आईसीसीको चुनाबलाई मध्यनजर गर्दै खेलिने यस्ता घृणित खेलप्रति हामी सजग छौं र यसकार्यको घोर भर्त्सना गर्दछौं।

तसर्थ, यथासक्य चॉडो एनआरएनए एनसीसी अमेरीकाको बोर्ड बैठक बसी पक्षपातपूर्ण “आईसीसी प्रतिनिधि छनौट समिति” को आधिकारिक बिघटनको मागका बहुमत पदाधिकारीले गर्दछौं। संस्था सुद्धिकरणको यस महाअभियानमा सहयोग र समर्थन गर्न अमेरीकाबासी सम्पूर्ण एनआरएनएहरूलाई हामी अपील गर्दछौं।

भवदीय,

उपाध्यक्ष – कृष्णजीबि पन्त, उपाध्यक्ष

सर्बज्न वाग्ले, उपाध्यक्ष

अमृत कट्टेल, सचिव

बिनोद रूवाली, युवा संयोजक

दिक्षा बस्नेत, महिला संयोजक

सत्य चौधरी, बोर्ड अफ डायरेक्टर

जीवन जोशी, बोर्ड अफ डायरेक्टर

खीम भट्टराई, बोर्ड अफ डायरेक्टर

पद्म ठकुराठी, बोर्ड अफ डायरेक्टर

तिलक केसी, बोर्ड अफ डायरेक्टर

धर्म बिश्वकर्मा, बोर्ड अफ डायरेक्टर

अमर क्षन्त्याल, बोर्ड अफ डायरेक्टर

क्षत्र गुरूंग, बोर्ड अफ डायरेक्टर

गैह्र आवासीय नेपाली संघ,

राष्ट्रीय समन्वय समिति,

अमेरीका

डेलिगेट्सको यो सुची आधिकारिक होईन : आरसी जोशी

एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक गौरीराज जोशीले एनआरएनए अमेरिकाबाट विश्व सम्मेलनमा भाग लिन जाने यो सुची आधिकारिक नभएको बताएका छन् । ‘एनसिसी अमेरिकाले आफिरने कर्तब्य पुरा गरेको छ । तर यो सुची अन्तिम होईन,’ आरसी जोशीले बताए ।

एनसिसी अमेरिकाको प्रतिनिधी सुची अब आईसिसीलाई आधिकारिक रुपमा बुझाउनुपर्ने नियम रहेको र अमेरिकाबाट एनआरएनएमा पसिना बगाएकाहरुलाई समावेश गरिने बताए । ‘एकतर्फी रुपमा आएको प्रतिनिधी छनौटको बिषय र बाहिर छरपष्ट विवादको उचित मुल्याकंन गरिने जोशीले बताए ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *