२०८१ वैशाख १३ गते | 25th of April 2024

गौरी जोशीले साझेदारीमा ड्यालसमा सपिगं कम्प्लेक्स र इभेण्ट सेन्टर वनाउंदै

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २० गते २:३९

डालस, अमेरिका – अमेरिकामा बस्दै आएका नेपाली व्यवसायीको संयुक्त लगानीमा टेक्सस डलास स्थित ईभिगंमा एकै स्थानमा कमर्सियल सपिगं कम्प्लेक्स र इभेण्ट सेन्टर निमार्ण हुने भएको छ । दुई नेपाली व्यवसायीले इम्पोरियर इन्टरप्राइेजज मार्फत कम्प्लेक्स र सेन्टरमा करिब ५० लाख अमेरिकी डलर (अर्थात् झण्डै ५५ करोड नेपाली रुपैंया) लगानी गर्नलागेका हुन् ।
हामीले सपिगं कम्प्लेकस र एक हजार जना अटाउने इभेण्ट सेन्टरको डिजाइन तयार गरेर तिन साता अघि निमार्ण स्विकृतीका दिन सिटीमा पेश गरेका छौ लगानीकर्ता मध्येका एक जोशी प्रर्पोटिज गौरी जोशीले भने सिटीले स्वीकृत दिएपछि निमार्ण शुरु हुन्छ ।
सम्पूर्ण निमार्ण समाप्त गरेर आउने आठ नौ महिना पछि अर्थात् फ्रेबवरी महिना देखिनै सपिगं र इभेण्ट सेन्टरवाट कारोबार शुरु गर्ने योजना रहेको जोशीले जानकारी दिए । हाल भास्तिका इन्क लगायत रियल स्टेट लगायतका क्षेत्रमा पनि जोशीको लगानी छ ।
उक्त कम्प्लेक्समा ६ वटा सुविधा सम्पन्न आवासीय कोठा (स्विट रुम) पनि हुने छन् । ४ एकर क्षेत्रफलमा बन्न लागेको उक्त कम्प्लेक्समा आकर्षक डिजाइनका दुई तले तीनवटा भवन निमार्ण गरिने छ । डलासका अन्तर्राष्ट्रिय एयरपोर्ट डीएफडब्लु क्षेत्रमा पर्ने उक्त कम्प्लेक्स निमार्ण भएपछि नेपाली समुदाय लगायत सबैलाई कार्यक्रम गर्न सजिलो हुने जोशीले जानकारी दिए । उक्त कम्प्लेक्स १६१ हाइवेको कर्नरमा बनाउन लागिएको हो । निमार्ण सम्पन्न भएपछि त्यसभित्र स्र्पोट वार, रेष्टुरेण्ट, सपिगं कम्प्लेक्स लगायत व्यवसाय रहने जोशीले जानकारी दिए । केही व्यवसाय आफूले सञ्चालन गर्ने र केही अरूलाई पनि सहभागी गराउने अहिलेको योजना छ । त्यहाँ ५० जनासम्मले रोजगारी पाउने छन् । उक्त समूहले यो स्थानमा २ वर्ष अघिनै जमिनको स्वामित्व किनेको हो ।
टेक्ससमा व्यवसाय गर्ने नेपालीको संख्या विस्तार भइरहेको छ । थुप्रै ग्यांस स्टेसन (पेट्रोलपम्म र खुद्रा पसल) मा नेपालीको लगानी छ । ग्यांस स्टेसनको व्यवसायमात्र होइन सम्पत्ति नै आफ्नो स्वामित्वमा लिई सञ्चालन गर्ने क्रम वढिरहेको छ । नेपालीको लगानीमा ५ सय भन्दा बढी व्यवसाय रहेको स्थानीय व्यवसायीले जानकारी दिएका छन् । तर, यो तहमा कमर्सियल सपिगं कम्प्लेक्स र इभेण्ट सेन्टरमा लगानी गर्न लागिएको भने यो पहिलो हो ।
Source : HimalayaKhabar

Leave a Reply

Your email address will not be published. Required fields are marked *