२०८१ वैशाख ७ गते | 19th of April 2024

उमा कार्की थापा : अमेरिकाज क्षेत्रीय महिला संयोजक उम्मेदवार

खुल्लामन्च
 प्रकाशित: २०७६ असोज २० गते २३:२१

डालास – लामो समयदेखि अमेरिका बस्दै आएकी एक जुझारु एनआरएनए अभियान्ता उमा कार्की थापाले सामुहिक नेतृत्वको आवाज संस्थागत, दिगो विकास भन्ने नाराका साथ क्षेत्रिय महिला संयोजक अमेरिकाज क्षेत्रका लागि उम्मेदवारी घोषणा गरेकी छिन् । अमेरिकामा कृयाशिल विभिन्न नेपाली संघ संस्थाको नेतृत्व गरिसकेकी निडर स्वभावकी सामाजिक अभियान्ता थापाले क्षेत्रिय महिला संयोजक अमेरिकाज क्षेत्रका लागि उम्मेदवारी घोषणा गरेकी हुन् ।

थापाले दक्षिण क्यालिफोनियाको प्रभावशाली संस्था नेपाल अमेरिका एकता समाजको सहसंस्थापक, पश्चिम अमेरिका नेपाली महासंघकी संस्थापक अध्यक्षको जिम्मेवारी कुशलताका साथ वहन गरिसकेकी छिन् । अमेरिकाको तर्फबाट एनआरएन एनसिसि युएस इमर्जिङ वोम्यान लिडर अर्वाडबाट समेत सम्मानित थापा सोही संस्थाको वोमेन कोअर्डिनेटरको रुपमा काम गरेकी छिन् । सन् २०१७ देखि २०१९ का लागि पश्चिम क्षेत्रिय उपाध्यक्षमा समेत उनी निर्वाचित भइन् ।

अमेरिका आएपछि यु स्टार्ट अगेनलाई थापाले मुर्त रुप दिइन् । थ्रेडिङ कम्पनीबाट अमेरिका बसाईको संघर्ष सुरु गरेकी उनले अमेरिकामा एक निडर र नेतृत्वकारी महिलाको रुपमा परिचय बनाएकी छिन् । जिउँदो शहिद गणेश बहादुर कार्कीकी सुपुत्री थापाले शोषणमा परेका कर्मचारीको पक्षमा समेत लडेर एक प्रशंसनीय कार्य गरेकी छिन् ।

एक भारतीय मुलको नागरिकको कम्पनीमा भएको श्रम शोषणविरुद्ध लडेर उनले सवैको मन जितेकी थिइन् । त्यसबाटै अमेरिकामा थापाको नाम र कामको सवैतिर प्रशंसा भएको थियो । जुन १६, १७, २०१८ मा अमेमरिका भएको एनआरएन यूएसएको सातौ वार्षिक सभा तथा अन्तरराष्ट्रिय विज्ञ भेला उनकै संयोजकत्वमा सम्पन्न भएको थियो ।

त्यस कार्यक्रमको सफलतासँगै थापा अमेरिकाको एनआरएनमा थप स्थापित भएकी हुन् । साथै सामाजिक कार्यका लागि थापाको परिकल्पना हेल्प डेक्सको कार्यक्रम पनि अमेरिका निकै सफल मान्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *