२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

एनआरएनएमा उदाउंदै चार ताराहरु : गौरी, एसी, हेमराज र महेश

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७६ असोज २७ गते २:१२

काठमान्डौं – एनआरएनए विश्व सम्मेलनमा भाग लिन संसारभरबाट गैरआवसीय नेपालीहरु काठमान्डौं उत्रने चटारो छ । चिनका राष्ट्रपतीको भ्रमण लगत्तै तथा बिजया दशमीको कोजाग्रत पुर्णिमाको दिन सकिनासाथ शुरु एनआरएनए नवौं विश्व सम्मेलनले नयाँं कार्यसमितिको चयन गर्दैछ । नयाँ कार्यसमितिका लागि आकांक्षी उम्मेदवारहरु, बिभिन्न देशका एनसीसी पदाधिकारीहरु, संसारभरका प्रतिनिधीहरु र संस्थाका शुभचिन्तकहरु अहिले जन्मभुमी नेपाल झरेका छन ।

परदेशमा सामुदायिक संस्थाको स्थानियस्तरको चुनावमा त प्रचारको बग्रेल्ती माहौल हुने नेपालीहरुमा, त्यसमाथी नेपाल सरकारबाट मान्यता प्राप्त संस्था एनआरएनएको यो कुम्भ भेलाले निर्वाचित गर्ने नयां कार्यसमितिका लागि आकांक्षी उम्मेदवारहरु तारे होटलमा प्रचार देखी लिएर बिभिन्न कोठे बैठकमा ब्यस्त छन ।

एउटा महत्वपूर्ण अर्थ राख्ने र एक जमानाको सबैभन्दा ठुलो एनसिसी एनआरएनए एनसीसी अमेरिकाको प्रतिनिधी विवाद अहिलेको कुम्भ भेलामा सबैभन्दा ठुओ समस्याको रुपमा देखा परेको छ । तथापी, संस्थाको नवौं विश्व सम्मेलनको सफलताका लागि संसारभरबाट प्रतिनिधी तथा शुभचिन्तकहरु जन्मभुमी ओर्लने क्रम जारी छ ।

विवादहरु आफ्न ठाउंमा रहेपनी एउटा जिम्मेवार संस्थाले नविन कार्यसमिती त निर्वाचित गर्छ नै, हथकन्डाहरु जे भएपनी । जिम्मेवारीता, लोकप्रियता र निरन्तरको सकृयताले एनआरएनए नवौं विश्व सम्मेलनमा कस-कसले चुनव जित्छ भन्ने अड्कलबाजी शुरु भएको छ । अहिले काठमान्डौं झरेका प्रतिनिधीहरु, प्रतिनिधी हुनेवालाहरु, पत्रकारहरु र शक्तीकेन्द्रका संपर्क पहुंचवालाहरु सबका फोनहरु ब्यस्त छन भने ब्यक्तिहरु काठमान्डौं भरका होटेलहरुमा चुनावी रणनिती बनाउन ब्यस्त छन ।

एनआरएनए नवइं सम्मेलनमा चुनावी चर्चा पाएका गौरीराज जोशी, एसी शेर्पा, डा. हेमराज शर्मा र महेश श्रेष्ठहरु आगामी कार्यकालका लागि संस्थाका चार तारा भएर उदाउने संकेत देखा परेका छन ।

गौरीराज जोशी :

 Image may contain: Gouri R Joshi, smiling, text

संसारकै वैभवशाली मुलुक अमेरिकामा सबैभन्दा धेरै नेपालीहरु बसोबास गर्ने टेक्सास राज्यमा प्राविधिक व्यवसाय हांकेर बसेका गौरीराज जोशी एनआरएनए नवौं विश्व सम्मेलनमा ‘जित निश्चित भएका’ सबैभन्दा चर्चित उम्मेदवार हुन ।

एनआरएनए एनसीसी अमेरिकाको दुई बर्ष अगाडीको निर्वाचनमा अध्यक्ष पदमा उम्मेद्वारी दिएर नेपाली सामुदायिक क्षेत्रमा लोकप्रियाताको हुरी ल्याएका जोशी पछी अमेरिकाज क्षेत्रको संयोजकको रुपमा निर्वाचित भए । अमेरिकाज क्षेत्रको संयोजकको उनको पद उनकै वर्तमान कार्यकाल भन्दा अगाडी त्यत्ती सकृय थिएन । तर एनआरएनए अमेरिकाको निर्वाचन ताकाको विवादले निर्वाचन अनिश्चितताको बादल खडा गराईदियो ।

अमेरिकी नेपाली समाजका चर्चित नेता तथा एनआरएनए आईसीसी सल्लाहकार हरिबोल भन्डारीको अगुवाईमा सहमतीको वातावरण बन्यो । जोशी संयोजक रहेको पदमा एनआरएनए एनसीसी अमेरिकाको निर्वाचनको निर्णय गर्ने अधिकार आईसीसीले जोशीलाई दियो । अमेरिकाज क्षेत्रीय संयोजकको बैधानिक अधिकार, सहमतीका लागी भन्डारीको टीमको पहल र आईसीसीको समर्थनमा अमेरिकाको निर्वाचन हुने बातावरण जोशीले बनाए । डालसमा पत्रकार सम्मेलन गरेर संयोजक जोशीले सर्त सहित एनआरएनए अमेरिकाको निर्वाचन अनिश्चितताको बातावरण बनाए । सरकारद्दारा मान्यता प्राप्त प्रवासी नेपालीहरुको छाता संगठनको एउटा क्षेत्रको संयोजकको अधिकार कती शक्तिशाली हुन्छ भन्ने प्रयोग जोशीली आफ्नो कार्यकालमा गरे ।

एनआरएनए विश्व सम्मेलनमा अहिले काठमान्डौमा सबैभन्दा विवादित पाटो ‘अमेरिकाका प्रतिनिधी’ को बिषयमा संयोजक जोशीको फरक मत छ वा एनसीसी अमेरिकाको प्रतिनिधी सुचीसंग असन्तुष्ट जोशीले आफ्नो पनि सुची आईसीसीमा बुझाएका छन । जुन सुची पासा हुने छनक देखीईसकेको छ । भलै प्रकृयाका केही कुराहरु होलान । तर, संयोजकको भूमिकाको क्षेत्राधिकारमा जोशी पुन हावी हुने अवस्था छ ।

जोशी नवौं विश्व सम्मेलनले निर्वाचित गर्ने नयाँ कार्यसमितिका लागि सचिव पदका उम्मेदवार रहेका छन । शालिनता, ब्यापारिक सफलता, जनसंपर्क र सकृयताले उनी उठेको सचिव पद मात्र होईन, बिजयको सबैभन्दा नजिक पुरै आईसीसीमा गौरीराज जोशी रहेका छन ।

‘नयां सोच, नयाँ पुस्ता र नयाँं एनआरएनए’ भन्ने नारा लिएर चुनावी मैदानमा होमिएका जोशीलाई उनै हरिबोल भन्डारी, नेपाली कांग्रेसकी नेत्री  म्रिदुला कोईराला, नेजस अमेरिकाका सभापती आनन्द बिष्ट, कांग्रेस महासमिती सदस्य प्रमोद सिटौला, महाधिवेशन प्रतिनिधी हेमराज भट्ट, संगठन विभाग प्रमुख बेद खरेल, एनआरएनए अमेरिकाको निर्वाचनमा सबैभन्दा बढी मत ल्याएर निर्वाचन जितेका एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजिवी पन्त, आईसिसी सदस्य राजन त्रिपाठी, सरला कंडेल, प्रकाश सापकोटा, एनआरएनएका नेताहरु सुर्य लम्साल, बाला घिमिरे, संजय थापा, पुरुषोत्तम बोहोराहरुको समर्थन र सहयोग रहेको छ ।

ए सी शेर्पा : Image may contain: 1 person, smiling, text

सियाटल निवासी गैरआवासीय नेपाली संघ (एनआरएनए) को अक्टुवर २०१९ मा हुने ९ औं महाधिवेशन तथा विश्व सम्मेलनका लागि सह-कोषाध्यक्ष पदका उम्मेदवार एसी शेर्पा सगरमाथामा एनआरएनएको झन्डा पहाराउने पहिलो नेपाली हुन । पर्यटन ब्यवसायी शेर्पा एनआरएनएलाई सबैभन्दा धेरै सहयोग गर्ने अभियान्ता हुन ।

नेपालको पूर्वी पहाडी जिल्ला अर्थात ‘गेटवे अफ सगरमाथा’ भनेर चिनिने सोलुखुम्बुमा जन्मिएका शेर्पा सानै उमेरमा आफना दाजुसँग अमेरिका आएका हुन् । अमेरिकामा आफ्नो अध्ययन सकेर स्टेट अफ वाशिङटन, सियाटल शहरमा पर्यटन र अन्य ब्यबसायमा लागेका शेर्पा सफल अहिले स्थापित नेपाली ब्यवसायी हुन । शेर्पाको ब्यबसाय अमेरिका र क्यानाडा दुवै देशमा मात्र होइन नेपालमा पनि छ। उसो त एसी शेर्पाले सफल हिमाल आरोही मात्र होइन नेपालको सगरमाथा र विश्वका सात चर्चित हिमालहरु सेभेन समिट समेत सफलाता पूर्वक आरोहण गरेका छन् ।

गैरआवासीय नेपाली संघको झण्डालाई सगरमाथाको चुचुरोमा फहराउन सफल पहिलो गैरआवासीय नेपाली पनि त हुन नै । शेर्पा विश्वका ७५ भन्दा धेरै देशका लागि हिमाल आरोहणका लागि प्रशिक्षक पनि हुन् । चर्चित सेभेन समिट फाउण्डेशनका अध्यक्ष, रियल स्टेट, पर्यटन र अन्य व्यवसायका सफल ब्यबसायी शेर्पाले नेपालमा ठूला लगानीका लागि पनि अनुभव गरिसकेका छन् ।

शेर्पाले गत महिना मात्र उनको सेभेन समित फाउण्डेशनको सपोर्टमा मिस नेपाल युनिभर्स अनुस्का श्रेष्ठको सिन्धुपाल्चोक प्रोजेक्टको लागि ३० हजार अमेरिकी डलर भन्दा धेरै सहयोग जुटाउन योगदान गरेका छन् । चर्चा कम रुचाउने शेर्पाले यस बाहेक थुप्रै सामाजिक क्षेत्रमा पनि योगदान दिएका छन ।

आफ्नो जन्मथलो सोलुखुम्बु र सिन्धुपाल्चोकमा गरेर करिव ४ करोड नेपाली रुपैयाँ भन्दा धेरै सामाजिक बिकासमा योगदान गरेका शेर्पाको गैरआवासीय नेपाली संघमा पनि अनगिन्ति सपोर्ट छ।

एनआरएनएमा सहभागी हुँदै आएता पनि पदिय जिम्मेवारी भने २०१३-२०१५ कार्यकालमा अमेरिकाबाट सुरु गरेका हुन्। त्यो समय आइसीसी सदस्यहुँदै २०१५-२०१७ मा अमेरिकाज क्षेत्रको क्षेत्रीय उप-संयोजक थिए । अनि यो पटक सह- कोषाध्यक्षका लागि उम्मेद्वार हुने भएका छन् । आर्थिक पारदर्शितालाई आफ्नो मुद्दा बनाएका शेर्पाले खल्तीमा रहेको एनआरएनएको गौरवलाई पून: सगरमाथामा पुर्याउन चाहेको बताए ।

कम बोल्ने, हंसिला र मिजासिला शेर्पा ठुलै पदमा उठ्नुपर्ने आवाज आएपनि उनैले अहिले रोजेका सह-कोषाध्यक्ष पदका सम्भावित विजेता हुन ।

हेमराज शर्मा : Image may contain: Hem Raj Sharma, smiling, text

बेलायतलाई कर्मभुमी बनाएर प्राध्यापन पेशामा आवद्ध डा. हेमराज शर्मा लामो समयदेखी एनआरएनएमा संलग्न अभियान्ता हुन । टोकियो विश्वबिद्धालयबाट विद्धावारीधी गरेका शर्मा हाल बेलायतको लिवरपूल विश्वविद्धालयमा प्राध्यापन गराउंछन ।

एनआरएनए विश्व सम्मेलनले निर्वाचन गर्ने शक्तिशाली महासचिव पदमा उम्मेदवारी दिएका डा. शर्मा नेपाली कांग्रेससंग आवद्ध छन । नवौं सम्मेलनमा अध्यक्ष पदका सम्भावित विजेता कुमार पन्तको समुहबाट महासचिव पदमा उम्मेदवारी दिएका डा. शर्मा शक्तिशाली उम्मेद्वार मानिन्छन ।

सबैको एनआरएनए, सबल र बहुआयामिक एनआरएनए र दिगो एवम उत्तरदायी एनआरएनएको नारा लिएर डा. शर्मा महासचिव पदमा निर्वाचनमा होमिएका छन ।

महेश श्रेष्ठ : Image may contain: 1 person, text

जापानमा बसोवास गर्ने महेश श्रेष्ठ आठ करोडको गैरआवसिय श्रमिक कल्याण कोषको ठोस योजना सहित कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छन । गैरआवासीय नेपाली संघमा आर्थिक मितव्ययिता, पारदर्शिता एवं आर्थिक स्थायित्वको मुख्य एजेण्डा सहित नवौँ महाधिवेशनमा कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएका श्रेष्ठ एनआरएनएलाई गहिरो रुपमा चिन्ने पात्रमा गनिन्छन ।

विगत १३ वर्ष अघि देखि गैरआवासीय नेपाली संघको विभिन्न निकायहरुमा रहि काम गरिसकेको तथा लामो समयदेखी आर्थिक क्षेत्रमा काम गरेको अनुभवलाई एनआरएनएमा प्रयोग गर्न एनआरएनएको एउटा जिम्मेवार सदस्यको नाताले यो अभियानलाई थप अगाडि बढाउन नेतृत्व तहमा बसेर काम गर्न सक्छु भन्ने पूर्ण विश्वास लिदैँ सबल र पारदर्शी एनआरएनए बनाउन कोषाध्यक्ष पदमा उम्मेद्वारी दिएको श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']