२०८१ वैशाख १५ गते | 27th of April 2024

न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित

खुल्लामन्च
 प्रकाशित: २०७६ कार्तिक १३ गते ११:०४

न्यूयोर्क – न्युयोर्क सिटी कम्पट्रोलरबाट तामाङ समाज अमेरिका सम्मानित भएको छ । वार्षिक कार्यक्रम अन्तर्गत न्युयोर्क शहरको विविधताको सम्मान गर्दै दिपावली पर्वको अवसरमा तामाङ समाज अमेरिकालाई कम्पट्रोलर स्कट स्ट्रिन्जरले सम्मान गरेका थिए । न्युयोर्क सिटी कम्पट्रोलरबाट यो उच्च स्तरको सम्मान पाउनेहरुमा तामाङ समाज अमेरिका तेश्रो नेपाली संस्था हो । न्युयोर्क सिटी कम्पट्रोलरले प्रदान गर्ने यो सम्मान क्रमश: २०१७ र २०१८ मा नेपाल आदिवासी जनजाति महसंघ अमेरिका (फिप्ना) र अधिकारले प्राप्त गर्न सफल भएको थियो । 

दक्षिण एसियाली मुलका समुदायको बृहत उपस्थितिमा तामाङ समाज अमेरिकाको महासचिव विनिता तामाङले संस्थाको तर्फबाट सो सम्मान ग्रहण गरेकी थिइन् । तामाङ समाज अमेरिकाले नेपाली समुदाय माझ निर्वाह गरेको सामुदायिक जिम्मेवारीको न्युयोर्क सिटी कम्पट्रोलर स्कट स्ट्रिन्जरले खुलेर प्रशंसा गरेका थिए । त्यसै गरेर तामाङ समाज अमेरिकाको महासचिव विनिता तामाङले यो सम्मानबाट तामाङ समाज अमेरिकाको जिम्मेवारी अझै बढेको र न्युयोर्क शहरलाई गर्व गर्न लायकको शहर बनाउने अभियानमा संस्थाले अहम भूमिका निर्वाह गर्ने बताएकी थिइन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *