२०८१ वैशाख १४ गते | 26th of April 2024

भारतीय विस्तारवादको बिरोधमा एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक त्रिपाठीको बिज्ञप्ती

खुल्लामन्च
 प्रकाशित: २०७६ कार्तिक २८ गते २१:३५

अमेरिका – भारतको मिचाहा रणनिती र हेपाहा मानसिकताले सार्वभौम राष्ट्र हाम्रो जन्मभुमीको मेचीएको सिमानाको बारेमा एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीले कडा शब्दमा भर्त्सना गरेका छन ।

प्रवासी नेपाली समाजको प्रतिनिधी शक्तिशाली एनआरएनए अमेरिकाजका क्षेत्रीय संयोजक त्रिपाठीद्दारा प्रेषित वक्तब्य :

“यो जन्मदै जगतमा कैयौं प्रहार आए, हारे साम्राज्य दुई हारेन शान हाम्रो

भारतले हालसालै एकतर्फी रुपमा जारी गरेको नक्सामा नेपालको महत्वपुर्ण भुभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेत समिटेएको बिषय प्रति गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद अमेरिकाज् क्षेत्रको गम्भीर ध्यानाकर्षण भएको छ। नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डता र स्वतन्त्रता बिषयमा छिमेकबाट भएको यो गलत हर्कत र कदम नेपालीका निम्ति किमार्थ स्विकार्य छैन।

छिमेकी देशमा देखिने यस्ता सीमा सम्बन्धी समस्याको समाधान दुई पक्षका बिच छलफल र सहमतिमा कुटनितिक तबरले बैज्ञानिक ढंगबाट निराकरण गर्नुको सट्टा ऐतिहासिक दस्तावेज र प्रमाणलाई एकातिर पन्छाई अगाडी बढ्न खोज्नु भारत सरकारको बल मिच्याई र गलत प्रवुत्ति हो। नेपाल आमाको छात्तिमा जबरजस्त कुल्चिने चेष्टाका बिरुद्ध संसारभर छरिएर बसोबास गरेका नेपालीहरुले एकढिक्का भई लड्नेछन्।

नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डता जस्तो अति संवेदनसिल बिषयमा हामी गैर आवासीय नेपालीहरु संधै नेपाल र नेपाली जनताको साथमा रहेका छौ र रहेने छौ। संगै २१ औं शताब्दीमा आएर पनि नेपालको अस्मिता माथि भारतबाट गरिएको ठाडो प्रहार र हस्तक्षेपकारी भुमिकाका बिरुद्ध अन्तराष्ट्रिय जनमत सृजना गर्न हामी तयार छौ।

अन्तमा, भारत सरकारले आफ्नो त्रुटी र महाभुललाई तत्काल सच्याई दुई देशको छिमेकीका बिच सुमधुर सम्बन्ध कायम राख्न तल्काल कदम चालोस्।

जय मातृभुमी !
जय नेपाल !!
जय एनआरएनए !!!

राजन त्रिपाठी
क्षेत्रीय संयोजक
गैर आवासीय नेपाली संघ, अमेरिकाज क्षेत्र

Leave a Reply

Your email address will not be published. Required fields are marked *