२०८१ वैशाख १४ गते | 26th of April 2024

लस एन्जलसमा चर्चित गायक ‘शिव परियार सांझ’ हुंदै

खुल्लामन्च
 प्रकाशित: २०७६ कार्तिक २९ गते २३:३०

लस एन्जलस – नेपाली सुगम संगीतका चर्चित गायक तथा शास्त्रीय संगितमा जादुमय आवाजका धनी शिव परियारसंगको ‘सांगितिक सांझ’ आयोजना हुनेभएको छ । यही नोभेम्बर महिनाको ३० तारिखमा सो सांगितिक कार्यक्रमको आयोजना हुन लागेको हो । कार्यक्रममा परियारले आफ्न चर्चित गीत प्रस्तुत गर्नेछन ।

आधुनिक तथा गजल गीतका सिद्दहस्त गायक परियारको लस एन्जलस कार्यक्रमको संयोजन जागरुक युवा व्यवसायी अमृत महतोले गरेका छन । भर्खरै नेपाली संगीतका अर्का हस्ती रामकृष्ण ढकाल सांगितिक कार्यक्रमको संयोजन पनि यिनै युवा महतोले गरेका थिए । रामकृष्ण ढकाल तथा अर्का चर्चित गायक दिपेशकिशोर भट्टराईको कार्यक्रम सम्पन्न गर्नाका लागि महतो, जोशेफ घले, जीतन थापा, रचना मल्ल ठकुरी, रमेश श्रेष्ठ, कुशल सुवेदी, अनिल केसी र राजेश निरौला एवम स्थानिय युवाहरुको ठुलो हात रहेको थियो । Image may contain: 2 people, including Suren Sapkota, people smiling

लस एन्जलसमा कृयाशिल नेपाली ब्यवसायी, तिनका ब्यवसायिक ब्यानर र कार्यक्रममा उपस्थित हुने दर्शकहरुलाई रेड कार्पेट स्वागत गरिने कार्यक्रम रहेको महतोले जनाए । लस एन्जलस वा यस वरपरका नेपाली ब्यवसाय प्रवर्धन र प्रचारका लागि राखिने ‘रेड कार्पेट चिनारी’ कार्यक्रम सहित चर्चित गायक परियारको कार्यक्रम सफल बनाउन सहयोगका लागि अनुरोध गरेका छन ।

कार्यक्रम जानकारी :

मिती : नोभेम्बर ३०, शनिवार २०१९
समय : ८ : ०० बजे बेलुकी देखी २ : ०० बजे बिहान सम्म
स्थान : Himalayan Grill
ठेगाना : 16278 Pacific Coast HWY
Huntington Beach, CA 92649
संपर्क : Amrit Mahato
Tel : 626 328 5191

Leave a Reply

Your email address will not be published. Required fields are marked *