1

समाजसेवी बाला घिमिरेलाई ‘पान एसियन ह्युमानिटेरियन अवार्ड’

43 पटक पढिएको

शिकागो – अमेरिकाको शिकागो निवासी सामाजिक व्यक्तित्व बाला घिमिरेलाई पान एसियन ह्युमानिटेरियन अवार्ड प्रदान गरिएको छ । अमेरिकाको मध्यपश्चिम क्षेत्रको उत्कृष्ट आम पहुच टेलिभिजन कार्यक्रम एसियन क्रोनिकल युएसएले घिमिरेलाई अवार्ड प्रदान गरेको हो । एसियन क्रोनिकल युएसए च्यानल १९ र ३५ मा प्रशारण हुँदै आएको छ । 

घिमिरेलाई अमेरिकामा रहेका थाइल्याण्डका महावणिज्यदूतले अवार्ड प्रदान गरेका थिए । घिमिरेले अमेरिकामा एसियाली समुदायको छवी उच्च राखेको र समाजमा योगदान दिएको भन्दै त्यसको कदरस्वरुप अवार्ड प्रदान गरिएको हो ।

घिमिरे सन् २००९ देखि अहिलेसम्म नै सिटी अफ शिकागोका मेयरको एड्भाइजरी काउन्सिल सदस्यका रुपमा रहेका छन् । त्यस्तै २००९ देखि अहिलेम्म नै सेक्रेटरी अफ स्टेटको एड्भाइजरी काउन्सिलमा समेत उनी रहेका छन् । अमेरिकन एड्भाइजरी काउन्सिलको कम्युनिटी सर्भिस अवार्ड र एसियन कोर्निकल अमेरिकाबाट एसियन एक्जामपलरी सर्भिस अवार्ड पाइसकेका घिमिरेले स्थानीय अमेरिकी राजनीतिज्ञहरुसमेत पहुच कायम गर्दै नेपाली समुदायको हितमा विभिन्न सामाजिक तथा राजनीतिक गतिविधिमा सहभागी हुँदै आइरहेका छन् ।No photo description available.

२०१० मा अमेरिकाको पुरानो संस्था एएनएमा केन्द्रीय सदस्य समेत भएर काम गरेका घिमिरेले नेपलिज एसोसिएसन इन साउथवेष्ट अमेरिकामा कोषाध्यक्ष भएर काम गरे । त्यस्तै २०१० देखि नै एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिकामा सकृय उनी २०१६ देखि २०१८ सम्म त्यही संस्थाको अध्यक्ष बने । २०१८ मा एसोसिएसन अफ नेपलिज इन मिडवेष्ट अमेरिका, नेपलिज एसोसिएसन इन साउथवेष्ट अमेरिका र एसोसिएसन अफ नेपलिज इन अमेरिकाको संयुक्त नेपाली नेशनल कन्भेन्सनको कन्भेनरका रुपमा रहेर उनले सफलताका साथ कार्यक्रम सम्पन्न गरेका थिए ।

सन् २०१६ देखि नेपाल सरकारका पर्यटनदूतका रुपमा समेत सकृय घिमिरेले नेपालको कला, संस्कृति, खाना र पर्यटनको प्रवद्र्धन गर्दै नेपाल चिनाउने अभियानमा समेत सकृय छन् । रोटरी क्लब, लायन्स क्लब जस्ता संस्थामा सहभागी भई काम गरेका उनी एनआरएनए आईसीसीको सिटीजनसिप टास्क फोर्समा सदस्य समेत रहे भने मानवीय समितिको सहसंयोजक बने । एनआरएएन आईसीसीकोे नीति र प्रकृया समितिको सहसंयोजकका रुपमा समेत काम गरेका घिमिरे सन् २०१७ सम्म तीनबर्ष प्रवासी नेपाली मञ्चको बरिष्ठ उपाध्यक्ष बनेका थिए ।

शिकागोको ह्युमन रिलेशन कमिटिमा झण्डै ५ बर्ष काम गरेका बाला घिमिरेले अमेरिकामा कुनै नेपालीहरुलाई समस्या पर्दा गरेको सहयोगको फेहरिस्त पनि निकै लामो छ । त्यस्तै नेपालमा कसैलाई समस्या पर्दा वा बिपत्ति आउँदा पनि उनी सहयोगका लागि अगाडि सर्ने गर्छन् । तर उनी भन्छन् –‘अरुलाई गरेको मानवीय सहयोगको हिसाबकिताब र सुची राखेको छैन । हिसाबकिताब र सुची तयार गरेर यति सहयोग गरें भनेर प्रचार गर्न वा कतैबाट कुनै फाइदा लिनका लागि सहयोग गरेको पनि होइन । आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्छु । भविश्यमा पनि मानवीय र सामाजिक सहयोगमा लागिरहनेछु ।’

स्रोत : खसोखास

तपाईको प्रतिक्रिया

बाल्टिमोर - गैर  आवासीय नेपाली संघको बृहत भेला मेरिल्याण्डमा भब्य रुपमा सम्पन्न भएको छ । “गैर.. ...

बाल्टिमोर - सुगम संगितका सर्वाधिक लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा ‘तिम्रो मन.. ...

बाल्टिमोर - मेरिल्यान्ड नेपाली समुदायका अग्रज व्यक्तित्व तथा बानाका संस्थापक सदस्य गणेश.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...