२०८१ वैशाख १३ गते | 25th of April 2024

अन्जन धमला, एसियाली आईटीएफ सदस्यमा निर्वाचित

खुल्लामन्च
 प्रकाशित: २०७६ मंसिर ७ गते १:४५

काठमाडौं – नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ (आईटीएफ) का अध्यक्ष अञ्जन धमला एसियाली आईटीएफ तेक्वान्दो महासंघको सदस्यमा निर्वाचित भएका छन् । नोभेम्बर १९ देखि २१ तारिखसम्म चीनको बेइजिङमा भएको महासंघको साधारणसभाबाट धमला सदस्यमा निर्वाचित भएका हुन् । एसियाली आईटीएफ तेक्वान्दो महासंघको अध्यक्ष भने उत्तर कोरियाले पायो । Image may contain: Anjan Dhamala, smiling

धमला यसअघि दक्षिण एसियाली आईटीएफ तेक्वान्दो महासंघका उपाध्यक्ष थिए । साधारणसभामा विभिन्न ४५ राष्ट्रको सहभागिता रहेको थियो । ३७ वर्षीय धमलाले विगत चार वर्षदेखि नेपाल आईटीएफ महासंघको नेतृत्व सम्हाल्दै आएका छन् । उनी आईटीएफको पाँचौं डान पनि हुन् ।
वि.सं. २०५४ सालदेखि खेलकुदमा सक्रिय भएका धमलालाई सुरुवाती चरणमा ओलम्पियन मानबहादुर तामाङले प्रशिक्षण गराएका थिए । लामो समय खेलाडी जीवन बिताएका धमला खेलाडी जीवनलाई टुङ्ग्याउँदै खेल व्यवस्थापनमा लागेका थिए ।

उनले ०६१ सालदेखि आईटीएफ तेक्वान्दोको प्राविधिकको रूपबाट काम गर्न थालेका थिए । संघको केन्द्रीय सदस्यबाट महासंघमा प्रवेश गरेका उनले विभिन्न भूमिका कुसलतापूर्वक सम्हाल्दै हाल अध्यक्षको जिम्मेवारी समहाल्दै आएका छन् । २००६ मा भएको बेलायतमा भएको ओपन आईटीएफ तेक्वान्दो च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय क्षेत्रमा पाइला टेकेका उनले सिंगापुर, बुल्गेरिया, अस्ट्रेलिया, थाइल्यान्ड, दुबई, मलेसिया र चीनमा भएको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएका थिए ।

स्रोत : नेपालमाला

Leave a Reply

Your email address will not be published. Required fields are marked *