1

चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड २०१९’, सान फ्रान्सिस्कोमा भब्य तयारी नेपाल र अमेरिकाभरीकै नेपाली कलाकारहरु एकै ठाउँमा जम्मा हुंदै

67 पटक पढिएको

सागर श्रेष्ठ /सान फ्रान्सिस्को –  चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९’ यसपटक अमेरिकाको सान फ्रान्सिस्को बे एरियामा हुन गैरहेको छ, कार्यक्रम नोभेम्बेर ३० तारिकका दिन चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९’ हुनेछ भने डिसेम्बर १ मा बिहान ठिक ११ बजे वाट नेपाल डे परेड र सोही दिन बेलुका क्रुजपार्टीको आयोजना हुँदैछ।

‘भिजिट नेपाल २०२०’ को पूर्वसन्ध्यामा नेपालमा अधिक मात्रामा पर्यटन भित्राउने अवार्ड र परेडको उद्देश्य रहेको आयोजक बताउछन् । ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी युसए, नेपाल फिल्म सोसाइटी र गोल्डेन स्टेट मुभी मेकर एलएलसी युसए यस कार्यक्रमको मुख्य आयोजक हुन भने हिमालयन फाउन्डेसन कोर्प र ८८४८ मिडिया हाउस एलएलसी सह आयोजक रहेका छन।
‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने फिल्मकर्मी र नेपालबाट कलाकार, निर्माता तथा निर्देशकको उपस्थिति रहने हुनाले ‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ नारा सहित नेपाली चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड गर्दै आएको आयोजक सस्थामध्येका एक यज्ञलाल श्रेष्ठ बताउनुहुन्छ।

यस कार्यक्रमलाई नेपाली फिल्मकर्मीहरुलाई सम्मान, नेपाली फिल्मलाई अमेरिकि डायस्पोरामा प्रबद्र्धन, पुरस्कार र प्रोत्साहनका साथै विशुद्ध नेपाली फिल्मको बजार प्रवर्धन एवम कलाकार पुनर्मिलनको अवसरको रुपमा पनि हेरिएको छ।

हाल अवार्डको तयारी  तीव्र रुपमा चलिरहेको र नेपालबाट आउने कलाकारहरुको सुनिश्चितता बढदै गइरहेको जानकारी पनि प्राप्त भएको छ । बर्कलीको युसी थिएटरमा चौथो ‘ग्लोबल नेपाली फिल्म अवार्ड-२०१९ पहिलो पटक हुन लागेको नेपाली कार्यक्रममा नेपाल बाट सुप्रसिद नायक नायिका निर्माता हरु तथा कलाकारहरुको बाक्लो उपस्थिती रहनेछ। नेपालबाट महानायक राजेश हमाल, शिव श्रेष्ठ, भुवन केसी, अनमोल केसी, वरिष्ठ कलाकार निर शाह, नायिका केकी अधिकारी, हास्यकलाकार सन्दिप छेत्री, सैलेन्द्र सिम्खडा, संगीतकार सम्भुजित बस्कोटा, गायिका अन्जु पन्त, कलाकार तथा निर्देशक दिपाश्री निरौलाको उपस्थिती सुनिश्चित भईसकेको छ । कार्यक्रममा भरपुर मनोरन्जन सामाग्रीहरु हुनेछन, गायन, न्रित्य र कमेडी फिल्म अवार्डको मुख्य आकर्शण रहनेछन। ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा अमेरिकामा बसोबास गर्ने नेपाली कलाकारहरुले आफ्नो प्रस्तुती दिनेछन।

७०० सीट क्षमता भएको हलमा हुँदै गरेको कार्यक्रमको तिब्र तयारीको साथ साथै टिकट बिक्री बितरण पनि द्रुत गतिमा भईरहेको जानकारी प्राप्त भईरहेको छ। उक्त कार्यक्रमबाट हुन आएको मुनाफा बे एरियामा बन्ने सामुदायिक भवन केन्द्रलाई सहयोग गरिने घोषणा पनि आयोजक संस्थाहरुले बताएका छन ।  बे एरियाका सम्पुर्ण संघसंस्थाहरु, सामाजिक अगुवा र अभियान्ताहरु, बे एरियाका सम्पुर्ण युवाहरु कार्यक्रम सफल बनाऊन दिलोज्यानले लागिपरिरहेको पनि जानकारी प्राप्त भएको छ ।

तपाईको प्रतिक्रिया

बाल्टिमोर - गैर  आवासीय नेपाली संघको बृहत भेला मेरिल्याण्डमा भब्य रुपमा सम्पन्न भएको छ । “गैर.. ...

बाल्टिमोर - सुगम संगितका सर्वाधिक लोकप्रिय गायक रामकृष्ण ढकालको आवाजमा ‘तिम्रो मन.. ...

बाल्टिमोर - मेरिल्यान्ड नेपाली समुदायका अग्रज व्यक्तित्व तथा बानाका संस्थापक सदस्य गणेश.. ...

राजधानीको चुच्चेपाटी–साँखु सडक खण्ड जीर्ण भएको वर्षौ भइसक्यो । पानी आयो भने पाइला नै सार्न.. ...

लस एन्जलस - क्यालिफोर्नियाको लस एन्जल्समा गर्मी छल्ने वाहनामा साथीहरुसंग पौडी खेल्न जांदा.. ...

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...