२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

बाल्टिमोरका नेपाली पिता गणेश मलेगु थला परे, सहयोगको लागि याचना

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७६ मंसिर १० गते २१:४६

बाल्टिमोर – मेरिल्यान्ड नेपाली समुदायका अग्रज व्यक्तित्व तथा बानाका संस्थापक सदस्य गणेश मलेगो एक बर्षदेखि बिरामी परेर बेरोजगार भई कमजोर आर्थिक अवस्थाबाट गुज्रिनु भएकोले उहाँको सहयोगको लागि गो फण्ड शुरु गरिएको छ । मेरिल्यान्डको बाना संस्थाले गो फण्ड मी खोलेर सहयोगको याचना गरेको छ ।

नेपालमा पाल्पाको तानसेन घर भएका मलेगो तिस बर्षदेखि अमेरिकाको बाल्टिमोरमा बसोबास गर्दै आउनु भएको छ । एक बर्षदेखि बेरोजगार हुनु भएको र अझै केही समय स्वास्थ उपचार गराईरहनु पर्ने भएकोले उहालाई आर्थिक सहयोगको जरुरी परेको हो ।

तिस बर्षको बसाईमा मलेगोले बाल्टिमोरमा रहेका नेपाली र नेपाली संघ संस्थामा सधै सहयोग गर्दै आउनु भएको थियो । अबिबाहित मलेगोको आफ्नै परिवार यहाँ नभएको अवस्था छ ।

मलेगोको सहयोगका लागि कृपया यो लिन्कमा क्लिक गर्नुहोला ।

बानाका संस्थापक सदस्यहरु मध्येका एक सदस्य तथा सधै समाजसेवामा सक्रिय रहने मलोगोको सहयोगमा सबै नेपालीहरु एक हुनुपर्ने भएको छ । सबै मिलेर मलेगोको यो दु:खमा हातेमालो गरौं ।

“मलेगो दाईले यहाँको नेपाली समाजलाई धेरै योगदान गर्नुभएको छ । सबैले सक्दो सहयोग गरौँ।” यस क्षेत्रका लागि नेपाल सरकारका महाबाणिज्यदुत तथा बरिष्ठ लोक गायक प्रेमराजा महतले बताए ।

‘बाल्टिमोर नेपाली समाजका पिता मलेगो बुवाको लागि हामी लागिपरेका छौं । बानासंग संयोजन गरेर बुवाको सहयोगका लागि कुनै कसुर बांकी राख्दैनौं’, एनआरएनए अमेरिकाका उपाध्यक्ष कृष्णजिवी पन्तले बताए ।

यसैगरी एनआरएनए अमेरिकाज क्षेत्रीय संयोजक राजन त्रिपाठीले तीस बर्ष नेपाली समाजको सेवा गरेका मलेगो बुवाको लागि छोरा-छोरी सरहका हामी आफ्नो कर्तव्यपरायणमा लागिपर्ने बताए ।

स्रोत : नेपालीज डायस्पोरा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']