२०८१ वैशाख ७ गते | 19th of April 2024

बन्ने भयो बुढीगण्डकी, चिनिया कम्पनीसँग सम्झौता

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २१ गते १४:०१

काठमाडौं, २१ जेठ ।
नेपाल सरकार र चीनको चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेड (सीजीजीसी) बीच १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण सम्बन्धी समझदारीपत्र (एमओयू) मा हस्ताक्षर भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को उपस्थितिमा उर्जामन्त्री जनार्दन शर्मा र (सीजीजीसी) प्रतिनिधिले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
आइतवार विहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्रीले नेपालका लागि बुढीगण्डकी आयोजना देशका लागि महत्वपूर्ण रहेको बताउँदै तोकएको समयभित्रै गुणस्तरीय ढंगले आयोजना निर्माण हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा नेपालस्थित चिनीयाँ राजदूत यु होङ, उर्जा मन्त्रालयका सचिव लगायतका प्रतिनिधिहको सहभागिता थियो । यही जेठ ९ गतेको मन्त्री परिषद् बैठकले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणको जिम्मा चाइना गेजुवा वाटर एन्ड पावर ग्रुप कम्पनी लिमिटेडलाई दिने निर्णय गरेको थियो ।
यो आयोजनामा चिनियाँ कम्पनीले गरेको लगानीलाई नेपाल सरकारले ऋणका रुपमा ग्रहण गर्नेछ । बिजुली उत्पादन सुरु भएपछि त्यसलाई नै बेचेर सरकारले कम्पनीको ऋण तिर्ने मोडल यसमा लगाइँदैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *