२०८१ वैशाख १४ गते | 26th of April 2024

एनआरएन अमेरिका निर्वाचन : महासचिव पदका प्रत्यासी महेश मल्लका प्रतिबद्धताहरु :

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २१ गते २०:११

भेरीफिकेशन समितिले निस्काशन गरेको मतदाता नामावलीहरुको सुचीलाई पून: स्वतन्त्र समिती बनाई भेरीफिकेशन गर्नुपर्ने माग गरिरहेका एनआरएनका केही उम्मेद्वारहरुको माग रहंदै गर्दा अनिश्चित रहेको एनआरएन अमेरिकाको निर्वाचनका लागि उम्मेद्वारी, प्रचार र प्रतिबद्धता सार्वाजनिक हुने क्रम जारी छन ।

न्यूयोर्कलाई कर्मथलो बनाई सामाजिक सेवा, राजनीति र सकृयता बढाएका महेश मल्लले आफुलाई आगामी एनआरआर निर्वाचनको लागि महासचिव पदको प्रत्यासीको रुपमा उभ्याएका छन । नेपाली जनसंपर्क समिती, अमेरिकाको शक्तिशाली न्यूयोर्क च्याप्टरका वर्तमान महासचिव समेटा रहेका मल्लले सार्वाजनिक गरेका उनका प्रतिबद्धताहरु :

गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अमेरिकाको आसन्न निर्वाचनबाट बन्ने २०१७-२०१९ कार्यकालको नेतृत्वमा न्यूयोर्क निवासी म महेश कुमार मल्ल महासचिवको उम्मेदवार भएको घोषणा लामो समय पहिला नै गरेको छु।
म आफु काभ्रे पलान्चोक जिल्लामा जन्मेर बिगत १० बर्ष देखि न्ययोर्कमा बस्दै आएको छु। न्यूयोर्कमा रहेर थुप्रै संस्थाहरु सँग स्वयंसेवक को रुपमा काम गर्दै वर्तमान अवस्थामा नेपाली जनसम्पर्क समिति अमेरिकाको न्यूयोर्क च्याप्टरको महासचिव समेत रहेको छु। NRN संस्थाको नीति र बिधान अनुसार संस्थाको निर्वाचनमा उम्मेदवार हुनको लागि राजनैतिक र धार्मिक प्रभावका संस्थाको पदिय जिम्मेवारीबाट मुक्त हुनुपर्छ। सोही अनुसार NRN अभियानमा पदिय रुपमा जाने निर्णय गरेपछि मैले सो पदबाट राजिनामा दिएर आएको छु।
म आफू निर्वाचित भए पछि NRNA NCC अमेरिकाको महासचिवको हैसियतले नियमित रुमपा महासचिवबले गर्नुपर्ने काम बाहेक निम्न एजेण्डाहरु अध्यक्षका घोषणा पत्रमा भएकाहरुलाई मर्ज गर्ने र नभएकाहरुलाई थप गरेर सबै एजेन्डा र कामका बिषय पुरा गर्ने प्रतिबद्धता जाहेर गर्दछु।
१. एनआरएनए सदस्यहरु बाहुल्य भएका शहरहरुमा हेल्प डेस्कको ब्यवस्था गर्ने।
२. नियमित टाउनहल मिटिङ गर्ने र संस्थाको गतिबिधी जानकारी गराउने जसले गर्दा संस्थामा पारदर्सिताको बिकास भै सदस्यहरु बिच संस्थाप्रति बिश्वास र लगाव बढ्नेछ।
३. ब्यबसायिकता सम्बन्धी सेमिनारहरु गर्ने।
४. सदस्यता वितरण सधै खुल्ला राख्ने र नवीकरण अभियान लाई अध्यावधिक राख्ने।
५. नेपाली कम्युनिटी हल न्यूयोर्क शहर लगायत नेपालीहरु बाहुल्य भएका शहरहरुमा बनाउन पहल गर्ने।
६. एनआरएनए परिचय पत्र (Membership ID) प्रदान गर्ने।
७.एनआरएनए अमेरिकाको Website बृहत जानकारी मुलक बनाउन मिडिया कोअर्डिनेटरलाइ बिशेष कार्यक्रम बनाउन र त्यसको अनुगमन लगाउनेछु।
८. मिडिया, युवा, महिला र अर्थका डिपार्टमेन्ट हेडहरुले आ-आफ्नो कार्य गरेको कुरा हप्ताको एक पटक मनिटरिङ्ग गर्नेछु र आवश्यकता अन्सुआर अध्यक्षसंग परामर्श गरि बैठकमा रिपोर्टिंग अनि पब्लिक समेत गर्ने छु।
९. एनआएएन डे October 11 लाई बिबिध कारण सहित मनाउन सुरु गराउने छु।
१०. एनआरएनए अमेरिका र आइसिसिसंग महासचिवको हैसियतले गर्नु पर्ने संचार र सम्पर्क नियमित र आवश्यकता अनुसार गर्नेछु।
११. अध्यक्षको घोषना पत्र र आफ्नो एजेन्डाका कुरा समेत अध्यक्षसँग परामर्श गरेर संस्थाको पहिलो बैठकबाट अनुमोदन गराई बार्षिक र दुइबर्षे योजनामा सो कुराहरु पुरा के कसरी गर्ने भनेर योजना बैठक बोलाउने छु।
१२. अमेरिका भरिका सम्पूर्ण नेपाली मुलका संघ-संस्थाहरु संग सम्पर्क राखी सहकार्य र सहभागिता बारे नियमितता गर्नेछु।
१३. बार्षिक साधारण सभा, अधिवेशन र योजना बैठक र फिजीकल बैठकहरु बार्षिक र दुइबर्शे कार्य योजनामा उल्लेख गरिनेछ।
१४. च्याप्टरहरुको ब्यबस्थित संचालन गर्न च्याप्टर संचालन निर्देशिक पहिलो ३० दिनमा नै तयार गरी कार्यन्वयनमा लैजानेछु।
१५. बार्षिक र दुइबर्षे कार्य योजना अनुसारका विभिन्न कमिटीहरुको गठन प्रक्रिया पहिलो ३०-६० दिनमा नै पुरा गर्ने।
१६. सल्लाहकारहरुको नियुक्तिमा एउटा सामान्यत नीति बनाइने छ र सोही अनुरुप बिधान भित्र रहेर नियुक्ति गर्न कार्य गर्ने।
१७. हरेक सदस्यहरुलाई नियमित सम्पर्कमा रहने र बिभिन्न सुबिधाहरु प्रदान गर्ने।
१८. सल्लाहकार, आइसिसि सदस्य, डिआरसी, आरसी एनसीसीका विभिन्न कमिटिहरुको नियमित बैठक र सम्पर्क योजना बनाइ सो अनुरुप गर्नेछु।
१९. हाल प्रशासनिक रुपमा आएका बिभिन्न विवाद र असामान्जस्यताहरुलाई संस्थागत रुपमा अन्त गर्न बिशेष कार्यहरु गरेनछु।
२०. आइसीसीको सन् २०१७ मा हुने बिशव सम्मेनल तथा अधिवेशनमा बिधान र अन्य संस्थागत परिमार्जन गर्न सुझाव सहति र पहल गर्नेछु ।
२१. एनसीसी र आइसीसीको आवश्यक कामहरु गर्नेछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *