२०८१ वैशाख १३ गते | 25th of April 2024

बुलडोजर लाउने दिन नआओस्–श्रेष्ठ

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २२ गते २:२५

पोखरा, २२ जेठ ।
पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक्ष सुन्दर कुमार श्रेष्ठले मापदण्डमा कडाई गर्ने बताएका छन् । उनले मापदण्ड विपरितका संरचना हटाउनका लागि स्थानीय आँफै जागरुक हुनुपर्ने भन्दै बुलडोजर लाउने अवस्था सिर्जना नगर्न आग्रह गरे । नेपाल पर्यटन ब्यवसायी संघ पोखराले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले समयअनुसार मापदण्ड परिमार्जन गरी कडा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए । ‘पहिले समयानुकुल मापदण्ड बनाईने छ । त्यसपछि मापदण्डमा नपरेका संरचना हटाउन अभियान चाल्छु, उनले भने–मापदण्ड नपुगे सबैभन्दा पहिले मेरै घर भत्काउँछु । अरु संरचना हटाउन बुलडोजर लिएर जाने दिन नआओस् ।’ कसैको लोभलालचमा फसेर पोखरा विगार्ने कसरत नगर्ने श्रेष्ठको दावी छ । ‘उनी भन्छन्–मेरो स्वार्थ पोखरा र पोखरेली हुन् । पोखरा बनाउन कसैसँग डराउनुपर्ने अवस्था छैन ।’
ट्रेड युनियन काँग्रेसका बरिष्ठ उपाध्यक्ष रामजी कुवँरले पोखरा र पर्यटन विकासका लागि हातेमालो गरेर अगाडी बढ्न सुझाव दिए । उनले ६ नम्बर वडा राजनीतिक प्रभाव बढी हुने भएकाले विकासमा केही पछि परेको भन्दै समाज उत्थानका लागि राजनीतिक स्वार्थबाट माथी उठ्न आग्रह गरे । पोखराको विकासका लागि आँफु सँधै प्रतिबद्ध रहेको कुवँरको भनाई छ ।
नेपाल पर्यटन ब्यवसायी संघ (निट) ले पोखरा उपत्यका नगर विकास समितिका नवनियुक्त अध्यक्ष श्रेष्ठ सहित पोखरा वडा नम्बर ६ मा नवनिर्वाचित जनप्रतिनिधीहरुलाई सम्मान गरेको छ । ६ नम्बर वडाबाट अध्यक्षमा निर्वाचित जगत पहारी, सदस्य हरिकृष्ण पहारी, महिला सदस्य पुष्पा पहारी र दलित महिला सदस्य राममाया विकलाई सम्मान गरेको हो । सम्मानपछि बोल्दै वडाध्यक्ष जगत पहारीले आफ्नो वडालाई अन्तराष्ट्रिय स्तरको बनाउने प्रतिबद्धता जनाए । उनले पोखरासँग लेकसाईडको साईनो फरक भएकाले सोही अनुसारका संरचना निर्माणमा प्राथमिकता दिने प्रतिबद्धता जनाए । कार्यक्रममा वडा सदस्यहरु हरिकृष्ण पहारी, पुष्पा पहारी, राममाया विक, पर्यटन ब्यवसायी अग्नी कँडेल, निटका सल्लाहकार निलकण्ठ शर्मा, नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका ४ नम्बर प्रदेश अध्यक्ष गोविन्द पहारी लगाएतले फेवाताल र पोखराको सौन्दर्यता जोगाउन जोड दिए ।
निटका अध्यक्ष सोम थापाको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष पशुपति शर्माले गरेका थिए भने स्वागत संस्थाका बरिष्ठ उपाध्यक्ष शिव प्रसाद अधिकारलिे गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *