२०८१ वैशाख १३ गते | 25th of April 2024

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण अनुमोदन

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २४ गते १:४३

पोखरा, २४ जेठ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निार्माणका लागि ऋण अनुमोदन भएको छ ।
विमानस्थल निर्माणको जिम्मा पाएको चीनको सरकार अधिनस्त ठेकेदार कम्पनी आयात–निर्यात ९एक्जिम० बैंकले अर्थमन्त्रालयलाई पत्राचार गर्दै ऋण अनुमोदन गरेको जानकारी दिएको हो ।
मे ३१ देखि लागु हुने गरी एक्जिम बैंकले सहुलियत दरको ऋण अनुमोदन गरेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका प्रमुख प्रदीप अधिकारीले जानकारी दिए । ऋण अनुमोदनसँगै विमानस्थल निर्माणको काम अघि बढाउन बाटो खुलेको हो । विमानस्थल बनाउन २१ अर्ब ४७ करोड रुपैयाँ लागत खर्च अनुमान गरिएको छ ।
यो रकम अर्थ मन्त्रालयले चीनको एक्जिम बैंकसँग सहुलियत ऋणका रुपमा लिने सहमति छ । २ प्रतिशत ब्याजदरमा एक्जिम बैंकले उपलब्ध गराएको ऋण अर्थ मन्त्रालयले ५ प्रतिशत ब्याजदरमा प्राधिकरणलाई ऋण उपलब्ध गराउने सहमति अवधिमा भएको छ । अर्थ मन्त्रालय र नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० बीच सहायक ऋण सम्झौता भएको हो ।
विमानस्थलको गएको साल वैशाख १ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । ऋण अनुमोदन भएको ४ वर्षभित्र विमानस्थल निर्माण सक्नुपर्ने भएकाले बर्खा सकिनासाथ निर्माणको काम अघि बढाउने आयोजना प्रमुख अधिकारीले जानकारी दिए ।
सहुलियत दरको ऋण प्राधिकरणले सात वर्षपछि मात्र ऋण तिर्न सुरु गर्नेछ भने वर्षको २ किस्ताका दरले १३ वर्षमा चुक्ता गर्नुपर्ने सहमति भएको अधिकारीले बताए ।
विमानस्थल निर्माण गर्न ५ सय २१ रोपनी जग्गा अधिग्रहण गरिएको छ भने करिब पाँच किलोमिटर लम्बाइको १० मिटर चौडा सडक बनाउन थप ५० रोपनी जग्गा अधिग्रहण प्रक्रिया अघि बढेको विमानस्थल निर्माण आयोजनाले जनाएको हो ।
विमानस्थलको अहिलेसम्म पहिरो नियन्त्रण, कार्यालय आउजाउ गर्ने सडक कालोपत्रे, ढल निकास लगायतको काम भएको छ भने अहिलेसम्म मुआब्जा वितरणसहित झन्डै साढे ५ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।
चिनियाँ कम्पनी चाइना सिएएमसी इन्जिनियरिङ र नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०को सहमतिअनुसार बन्ने विमानस्थल इपिसी मोडल हुनेछ ।
४२ वर्षदेखि जग्गा अधिग्रहण गरेर विभिन्न कारणले अघि बढ्न नसकेको विमानस्थल निर्माणको काम ऋण सम्झौतासँगै अघि बढ्ने विश्वास लिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *