२०८१ वैशाख १२ गते | 24th of April 2024

दबाबपछि पोखरामा जग्गा प्लटिङको सिफारिस फिर्ता

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २४ गते ८:२५

पोखरा, २४ जेठ ।
पोखरा महानगरपालिका ३० स्थित सुकेडाँडा तीनपिप्लेमा रहेको जग्गा प्लटिङ गर्न केही दिनअघि दिएको सिफारिस वडाले फिर्ता लिएको छ । कृषि प्रयोजनका लागि भनेर डोजर लगाएर सम्याइएको जग्गा घडेरीका रुपमा बिक्री गर्न लागेपछि विवादित बनेको थियो ।
जग्गा सिफारिस पहिलेदेखि नै स्थानीय र प्रशासनिक रुपमा विवादित रहेको र महानगरका नवनिर्वाचित जनप्रतिनिधिको बोर्ड बैठकबिना नै निर्णय भएको भन्दै उक्त सिफारिस बदर गरिएको हो । वडाका नवनिर्वाचित जनप्रतिनिधिले आइतबारै नापी र मालपोत कार्यालयमा पत्राचार गरी उक्त जग्गा सिफारिस प्रक्रिया अघि नबढाउन पत्राचार गरेका छन् ।
त्यहाँ रहेको करिब ३० रोपनी जग्गामध्ये केही कित्ता फुकुवा गरिएको सिफारिस वडा समितिले गरेको थियो । महानगरको बोर्ड बैठकले निर्णय गर्ने गरी उक्त सिफारिस रोक्का गरिएको नवनिर्वाचित वडाध्यक्ष श्रीराम पोखरेलले जानकारी दिए ।
अध्यक्ष पोखरेलले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै कृषि प्रयोजनलाई भनी जग्गा सिफरिस मागेको र प्लटिङ गर्न खोजिएको भन्दै पुन सिफारिस रोक्का गरिएको जनाएका छन् । पदस्थापन भएकै दिन फुकुवा दिएका वडाध्यक्ष पोखरेलले स्थानीयबासीको चौतर्फी दबाबपश्चात निर्णय फिर्ता लिएका हुन् ।
उक्त जग्गामा धनीहरूले सार्वजनिक मापदण्ड विपरीत व्यक्तिगत रुपमा बाटो निर्माण गरेपछि स्थानीयले विरोध जनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *