२०८१ वैशाख १४ गते | 26th of April 2024

देउवा ४० औँ प्रधानमन्त्री होइनन्

खुल्लामन्च
 प्रकाशित: २०७४ जेठ २४ गते ८:५०

एजेन्सी, २४ जेठ ।
धेरैवटा नेपाली सञ्चारमाध्यमले शेरबहादुर देउवालाई चालीसौँ प्रधानमन्त्री भनेका छन् । तर देउवा नेपालका चालीसौँ प्रधानमन्त्री होइनन् । गलत हिसाव गरेर सञ्चारमाध्यमले चालिसौं प्रधानमन्त्रीका रुपमा देउवालाई उभ्यायो ।
गलत हिसाब
शेरबहादुर देउवालाई चालीसौँ प्रधानमन्त्री मान्नका लागि नेपाली मिडियाले गलत हिसाबको सहारा लिएका छन् । प्रधानमन्त्री कार्यालको वेबसाइटमा भएको केपी शर्मा ओली नेपालका ३८ औँ  प्रधानमन्त्री हुन् भन्ने जानकारीलाई गलत ब्याख्या गर्दा उनीहरू गलत भए । केपीलाई ३८ औँ मानेपछि उनीहरूले प्रचण्डलाई ३९ औँ ठानेर देउवालाई ४० औँ बनाए ।
ठीक के त ?
केपी शर्मा ओलीलाई जुन आधारमा ३८ औँ प्रधानमन्त्री मानिएको छ त्यस आधारमा देउवालाई ४० औँ प्रधानमन्त्री होइनन् । उनी ३१ ‍औँ हुन् । यसपटक देउवा नयाँ अनुहारका प्रधानमन्त्री होइनन् । उनी दोहोरिएर प्रधानमन्त्री भएका हुन् । यसअघि दोहोरिएका प्रधानमन्त्रीलाई नयाँ होइन दोहोरिएको मानेकाले नै केपी ओलीलाई ३८ औँ प्रधानमन्त्री मानिएको हो । अहिले देउवालाई जुन मापदण्डका आधारमा ४० औँ प्रधानमन्त्री मानिएको हो त्यसका आधकारमा त देउवा ६१ औँ प्रधानमन्त्री हुन आउँछन् ।
जति पटक प्रधानमन्त्री भए पनि क्रम नथप्ने चलन अनुसार शेरबहादुर देउवा ३१ औँ प्रधानमन्त्री हुन् । एउटै व्यक्ति प्रधानमन्त्री भए नै पिच्छे क्रम थप्ने हो भने उनी ६१ औँ प्रधानमन्त्री हुन् ।
यस अघि दोहोरिएका निम्न प्रधानमन्त्री दोहोरिँदा उनीहरूको क्रम बढेको मानिएको छैन ।
को कति पटक दोहोरिए ?
फत्यजङ्ग शाह २ पटक
जङ्गबहादुर राणा २ पटक
मातृकाप्रसाद कोइराला २ पटक
तुल्सी गिरी २ पटक
सूर्यबहादुर थापा ५ पटक
कीर्तिनिधि विष्ट ३ पटक
नगेन्द्रप्रसाद रिजाल २ पटक
लोकेन्द्रबहादुर चन्द ४ पटक
कृष्णप्रसाद भट्टराई २ पटक
गिरिजाप्रसाद कोइराला ५ पटक
शेरबहादुर देउवा ३ पटक (यस अघि नै)
पुष्पकमल दाहाल प्रचण्ड २ पटक
                                                                                                                                 साउथ एशिया चेकले लेखेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *