२०८१ वैशाख १३ गते | 25th of April 2024

मिस नेपाल क्यालिफोर्निया-२०१७ को ताज रोज लामालाई

खुल्लामन्च
 प्रकाशित: २०७४ असार ९ गते २१:१०

सनफ्रान्सिस्को । नेपाली अमेरिकन सुन्दरी रोज लामाले दोस्रो मिस नेपाल क्यालिफोर्निया-२०१७ को ताज पहिरिने सौभाग्य प्राप्त गरेकी छिन् ।  गत शनिबार क्यालिफोर्नियाको बे एरियामा सम्पन्न दोस्रो मिस नेपाल क्यालिफोर्निया-२०१७ का सहभागी नेपाली मूलका दश सुन्दरीहरुलाई पछि पार्दै नेपाली अमेरिकन सुन्दरी रोज लामाले उक्त उपाधी आफ्नो शिरमा पहिरिने सौभाग्य प्राप्त गरेकी हुन् । 

नेपाली अमेरिकन माझ चिरपरिचित अगुवा युवा हस्ती राजेन्द्र जोशीको नेतृत्वमा रहेको चहलपहल प्रडक्सनले दोस्रो मिस नेपाल क्यालिफोर्निया-२०१७ को अयोजना गरेको हो ।

दोस्रो मिस नेपाल क्यालिफोर्निया-२०१७ अन्तर्गत फस्ट रनरअपको उपाधी दिल्पी फन्जु तथा सेकेण्ड रनरअपको उपाधी सदिक्षा पोखरेलले हात पारेका थिए ।


प्रतियोगितामा मिस पपुल्यारिटीको उपाधी ओशिन रायमाझी, मिस फोटोजेनिकको उपाधी मिस रोज लामा, मिस पर्सानलिटीको उपाधी दिप्ली फन्जु, तथा मिस ट्यालेन्ट उपाधी अनुश्मा महर्जनको पोल्टामा परेको थियो ।

प्रतियोगितामा बिजेता र उप बिजेताहरुलाई स्थानीय व्यवसायी राजेन थापा, नारायण सोमनामे तथा पूर्ण शेर्पाले नगद पुरस्कार प्रदान गरेका थिए ।

प्रतियोगिताको प्रायोजन चिर परीचित अगुवा नेपाली अमेरिकन गौरीराज जोशी, राजेन थापा, पूर्ण शेर्पा,  यज्ञ श्रेष्ठ, अनिल पाण्डे, नारायण सोमनामे, उत्तम कार्की, मणी नेपाली, हेमा पनेरु, नबिन बुढाथोकी, नारायण खनाल, मेघा अग्रवाल, बिन्दु सापकोटा, प्रकाश थापा, श्याम श्रेष्ठ र वाइवा टेक लामाले गरेका थिए ।


दोस्रो मिस नेपाल क्यालिफोर्निया-२०१७ प्रतियोगिताको दोस्रो संस्करण हो भने यस अघि गत वर्ष लसएन्जलसमा आयोजित पहिलो संस्करणको मिस नेपाल क्यालिफोर्निया-२०१६ को ताज अनुषा कार्कीले पहिरिएकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *