२०८१ वैशाख ८ गते | 20th of April 2024

एनआरएन अमेरिकाको निर्वाचन, अगस्ट ११ र १२ तारिख मतदान

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २१ गते २१:३५

लसएन्जलस, २१ असार । नेपाली अमेरिकनले व्यग्रताका साथ् प्रतिक्षा गरिरहेको गैर आवासीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७ -१९ कार्यकालको नेतृत्व चयनको लागि निर्वाचन तालिका सार्वजनिक गरिएको छ । निर्वाचन तालिका अमेरिकी समय अनुसार मंगलबार अपरान्ह संघको अमेरिकास्थित प्रमुख निर्वाचन आयुक्त बंदिता शर्मा दाहालद्वारा जारी गरिएको हो । सार्वजनिक गरिएको निर्वाचन तालिका अनुसार गैर आवासीय नेपाली संघ, (एनआरएनए) राष्ट्रिय समन्वय परिषद अमेरिकाको मतदाता नामावली जुलाई ४ तारिख प्रकाशन गरिएको छ भने इच्छुक उम्मेदवारहरुले जुलाई ४ देखि ८ सम्म अनलाईन मार्फत र जुलाई १३ सम्म हुलाक मार्फत मनोनयन गरन सक्ने छन् । उम्मेदवारहरुको प्रारम्भिक नामावली प्रकाशन जुलाई १८ जुलाई, उम्मेदवारी फिर्ता २४ जुलाई र उम्मेदवारको अन्तिम नामावली प्रकाशन २९ जुलाई र मतदान ११ र १२ अगष्ट २०१७ तोकिएको छ । संघको नेतृत्वका लागि भएको मतदानको मतगणना ११ अगष्ट १९ अगष्टमा सम्पन्न गरी २० अगष्टमा सपथ ग्रहण गराउने कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन आयोगका अनुसार एनआरएनए राष्ट्रिय समन्वय परिषद अमेरिकाको २०१७ -१९ कार्यकालको लागि २३ पद र २६ स्टेट च्याप्टरको ११ पद र ८ जना अन्तराष्ट्रिय समन्वय परिषद सदस्यको लागि निर्वाचन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *