२०८१ वैशाख १४ गते | 26th of April 2024

एनएसटी सभापती कृष्ण लामिछाने एनआरएन अमेरिका बोर्ड सदस्यका उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २४ गते १८:५९

टेक्सास (अमेरीका)-  गैर आवासीय नेपाली संघ (एनआरएन) अमेरीकाको आसन्न निर्वाचनका लागी बोर्ड अफ डाइरेक्टरमा डालसका समाजसेवी कृष्ण लामिछानेले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

नेपालको गोरखाबाट १६ वर्ष अघि अमेरीका आउनुभएका लामिछाने अमेरिकामा राजनिती र समाजसेवाका कारण चर्चित हुनुहुन्छ । नेपालमा रहंदा पनि व्यवसाय संगसंगै समाजसेवामा सक्रिय लामिछाने अमेरीका आएपछि पनि समासेवामा तल्लिन हुनुहन्छ ।

हाल नेपाली समाज टेक्सासका अध्यक्ष लामिछानेले नेपाली जन सम्पर्क समितीको संस्थापक महासचिव, डालस एभरेष्ट लाइन्स क्ल्वको सभापती, नेपाली मन्दिरको बोर्ड अफ ट्रष्टी लगायतका पद ओगटिसक्नुभएको छ ।

समाज सेवाको दायरा फराकिलो पार्नलाई एनआरएन अमेरीकाको आगामी कार्यकालका लागी बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी दिएको छु लामिछानेले भन्नुभयो- “सबैको साथ र समर्थन पाउने विश्वास लिएको छु ।”

मिलनसार स्वभाव, स्पष्ट वक्ता तथा समाजसेवाप्रतिको लगावका कारण सबैमाझ लोकप्रिय लामिछाने बोर्ड डाइरेक्टरमा सबैभन्दा बलियो उम्मेद्धार भएको चर्चा चलेको छ । मिसन र भिजन सहित अगाडी बढ्ने व्यक्तित्वमा गनिएका लामिछानेले प्रवासमा नेपाली भाषा संस्कृतिको संरक्षणका लागी डालसमा नेपाली पाठशालाको पनि शुरुवात गर्नुभएको हो ।

अमेरीकी नेपाली माझ सबैको प्रिय व्यक्ति लामिछानेले एनआरएन मार्फत नेपाली समाजका लागी केही गर्न सक्ने व्यक्तिमा चित्रण गरिएकोले जित निश्चित रहेको बताइन्छ ।

गत वर्षको भुकम्प प्रभावितका लागी राहत संकलनमा देखिएको सक्रियता होस या प्रवासमा समस्यामा परेका नेपालीहरुका लागी अग्रणी भुमिका खेल्ने लामिछानेले एनआरएन मार्फत समाजसेवालाई बृहत्तर बनाउन बोर्ड अफ डाइरेक्टरमा उम्मेद्धारी रहेको बताउनुभयो ।

यसैबीच अर्को महिनाको ११ र १२ तारिखमा हुने निर्वाचनका लागी उम्मेद्धारी मनोनयनको कार्य चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *