२०८१ वैशाख ७ गते | 19th of April 2024

फगतको होईन जगतको उम्मेद्वार हुने रहर छ – भुवन आचार्य

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २४ गते १९:२०

अमेरिका- एनआरएन अमेरिकाको आसन्न निर्वाचनको मिति घोषणासँगै प्रत्यासी उमेद्वारहरुका प्यानलहरु सार्वजानिक हुन थालेका छन् ।

सार्वजानिक तीन प्यानलहरुका बीचमा एक जना उमेद्वार सवत्र चर्चाको शिखरमा छन् । ती चर्चित उमेदवार हुन उपाध्यक्ष पदका प्रत्यासी भुवन आचार्य । धरान घरभई डेढ दशकदेखी अमेरिकाको डलासमा वसोवास गर्दै आएका आचार्य प्रभावशाली उमेद्वार वनेका छन् ।

नेपाली समुदायमा लोकप्रिय व्यक्ति आचार्यको प्रभाव देखेर आसन्न निर्वाचनमा नेतृत्वका तीनै प्रत्यासीहरु क्रमश डा. केशव पौडेल, गौरी जोशी र रविना थापाले आफ्नो प्यानलमा राखेको तस्विर सार्वजानिक भएको छ । भलै अहिलेसम्म आफु कसैको प्यानलमा नरहेको उनको दावी छ । टेक्सासमा हालै खुलेको नेपाली समुदायमै पहिलो होलसेल रेन्जर्स होलसेलका पाँच लगानीकर्तामध्येका एक आचार्य सफल व्यवसायीमध्ये गनिन्छन । व्यवसायीभन्दा पनि समाजसेवी भन्न रुचाउने आचार्यको समाजसेवाको यात्रा पुरानै हो ।

डलासमा स्थानान्तर भुटानी नेपालीहरुको सेवामा समय विताएका आचार्य भुटानी समुदायका प्यारा व्यक्ति मानिन्छन् । टेक्सासमा वस्ने नेपालीहरुको प्रतिनिधिमुलक संस्था टेक्सास नेपाली समाजमा दुई कार्यकाल नेतृत्व गरिसकेका आचार्यले उपाध्यक्ष पदमा उमेद्वार सार्वजानिक गरेकामध्येकै प्रभावशाली व्यक्ति ठहरिएकाले तीन नेतृत्वका प्रत्यासीहरु पछि परेको वुझिएको छ ।

आकर्षक व्यक्तित्व र स्पष्टवक्ता आचार्य वोल्ड चरित्रका व्यक्तिको रुपमा चिनिन्छन् ।

समाजसेवालाई जिवनको प्रयान्त देखेका उनको दक्षता र क्षमताका कारण सवैका प्रिय वनेका हुन् । कसैको आँखामा राखेपनि नविझाउने आचार्यको स्भाव मिलनसार र हृदयप्रेमी छ । आफुले गरेको समाजसेवा भावलाई एनआरएनमा जोड्ने उनको लक्ष्यमा सवैको सहयोग पाउने कुरामा आचार्य आशावादी छन् ।

उनी भन्छन् “प्रवासमा वसेर जन्मभूमिलाई सहयोग गरौं भनेर एनआरएन मेरो पछिल्लो रोजाई परेको छ” । आफुलाई वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी हाल्न नेतृत्वका प्रत्यासीहरुले अनुरोध गरेपनि पदको लोभ आफुमा नभएकोले उपाध्यक्ष पदमा उमेदवारी दिने उनको भनाई छ ।।
आचार्य भन्छन, ‘फगतको होईन, उम्मेद्वार भई जितेर जगतको सेवा गर्ने रहर छ’ ।

स्मरणिय रहोस, एनआरएन अमेरिकाको शुरुभएको निर्वाचन प्रक्रिया अन्तर्गत जुलाई ४ देखी ८ सम्म, हुलाकबाट जुलाई १३ सम्म निर्वाचन समितिमा आईपुग्ने गरि उमेदवारी दर्ता गर्नुपर्नेछ । त्यसैगरि उमेदवारी फिर्ता जुलाई २४ गतेमध्येराती सम्म गर्नसकिनेछ भने मतदान अगष्ट महिनाको ११ र १२ मा हुनेछ ।

निर्वाचनका विजेताहरुको घोषणा कार्यक्रम अगष्ट १९ मा हुनेछभने सपथग्रहण कार्यक्रम भोलीपल्ट २० तारिखका दिन गरिने निर्वाचन कमिटिले सूचना सार्वजानिक गरिसकेको छ । कमिटिका अनुसार अहिलेसम्म एनआरएन अमेरिका समन्वय परिसदको लागि २३ पद, २६ राज्यमध्येबाट ११ पद र आइसिसी सदस्यको लागि ८ स्थानको लागि निर्वाचन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *