२०८१ वैशाख ७ गते | 19th of April 2024

सबै टेलिभिजन बन्द गर्ने ब्यवसायीको घोषणा, ‘क्लीन फीड’ लागु नगर्न सरकारलाई आग्रह

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २५ गते १७:०२

 

काठमाडौं २५ असार, । केबल टिभी र डीटीएच सञ्चालकहरुले नेपालमा प्रशारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणा गरेका छन् । सरकारले ‘क्लीन फीड’ (विदेशी विज्ञापन हटाउने ब्यवस्था) लागू गरे साउनको सुरूवातबाटै सम्पूर्ण टेलिभिजन प्रशारण बन्द गर्ने निर्णय गरेका हुन । सरकारले विज्ञापनरहित (क्लीन फीड) नीति(२०७३ नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरित रहेको भन्दै उनीहरुले नीति फिर्ता नभए साउन १ गतेबाट सबै टेलिभिजन सेवा बन्द गर्ने चेतावनी दिएका हुन ।
नेपाल केवल टेलिभिजन महासंघ, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपालले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएका हुन् ।

भू(परिबेष्टित र खुला सीमाना भएको मुलुकमा विदेशी डीटीएचको चोरी पैठारी हुन सक्ने र नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरु धारासायी बन्ने र सो को कारणबाट नेपाली टेलिभिजनहरु पनि प्रायः बन्द नै हुने अवस्था आएको दावी उनीहरुको छ । उनीहरुले प्रधानमन्त्री तथा नेपाल सरकार सूचना तथा सञ्चार मन्न्त्रालयका सचिव समक्ष ज्ञापनपत्र पेश गरेका छन् ।

विज्ञापन रहित नीति, २०७३ लागु भएमा नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुका लागि बिक्रियोग्य बस्तु नभई व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले सरकारले असार मसान्तभित्र विज्ञापनरहित नीति, २०७३ रद्द नगरेमा आगामी साउन १ गतेदेखि नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुबाट प्रशारण भई आएका स(शुल्क, निःशुल्क, स्वदेशी, विदेशी तथा स्थानिय केवल टिभी लगायत सम्पूर्ण टेलिभिजनहरु बन्द गर्न बाध्य हुने चेतावनी टेलिभिजन सञ्चालकहरुले दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *