२०८१ वैशाख ४ गते | 16th of April 2024
[gam_ad_position alias='home-header-logo-right']
[gam_ad_position alias='home-after-main-menu']
[gam_ad_position alias='home-after-main-menu']

राष्ट्रपतिको १६ करोडको गाडीका विषयमा प्रधानमन्त्रीले दिए संसदमा जवाफ, यो महंगो होइन

[gam_ad_position alias='home-after-breking-news']
[gam_ad_position alias='home-after-breaking-newsmobile']
खुल्लामन्च
 प्रकाशित: २०७४ असार २६ गते १०:४४

 

काठमाडौं २६ असार । राष्ट्रपति कार्यालयले १६ करोडको गाडी माग गरेको विषयमा यतिबेला चर्चा पाएको छ । राष्ट्रपतिको लागि मंहगो गाडी माग गरिएको विषयमा बजारमा चर्चा चलेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले यस विषयमा जवाफ दिएका छन । प्रधानमन्त्री देउवाले सोमबार संसदमा जवाफ दिएका हुन । राष्ट्रपतिको गाडीको विषयमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले संसदमा प्रश्न उठाएपछि त्यसको जवाफमा प्रधानमन्त्री देउवाले राष्ट्रपति कार्यालयबाट आएको प्रस्ताव धेरै महंगो नभएको बताएका हुन्। राष्ट्रपतिलाई १६ करोडको गाडी दिने भनिएको छ। राष्ट्रपतिलाई १६ करोडको दिने भएपछि प्रधानमन्त्रीले १५ करोड र मन्त्रीहरुले १४ करोडको चढ्नुपर्ने होला। यो महंगो प्रस्ताव मुलुकले थेग्न सक्दैन, त्यसैले फिर्ता लिनुपर्छु सुवालले संसद बैठकमा भनेका थिए। जवाफमा प्रधानमन्त्री देउवाले राष्ट्रपतिले आफू सुरक्षित हुने गाडी माग्नु स्वभाविक भएको बताए। ुराष्ट्रपतिको गाडीको बरेमा महँगो प्रस्ताव आएको छैन। राष्ट्रपतिलाई गाडीको आवश्यकता हुन्छ। यो उच्च पद हो, उहाँको लागि सुरक्षाको व्यवस्था गर्नुपर्छ, त्यस्तै किसिमको गाडी किन्नुपर्ने हुन्छु, प्रधानमन्त्रीले भने, ुउहाँको सुरक्षाको लागि देशको राष्ट्रपतिले चढ्ने गाडी राम्रो र सुरक्षित होस् भन्ने चाहना हो।ु राष्ट्रपति कार्यालयले १६ करोडको गाडी खरिदका लागि प्रस्ताव गरेको समाचार केही दिनअघि सार्वजनिक भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-after-main-news']
[gam_ad_position alias='home-above-rajniti']
[gam_ad_position alias='home-above-rajniti-mb']