२०८१ वैशाख १४ गते | 26th of April 2024

नेपाल प्रहरीमा को-को बन्दैछन एआईजी ? नाम सहित

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २६ गते ११:४७

काठमाडौं २६ असार । नेपाल प्रहरीमा ११ जना नया एआइजी बन्ने भएका छन । लामो समयदेखि बढुवा रोकिएका प्रहरीका एआइजीका लागि बढुवा प्रक्रिया सुरु  हुने भएपछि ११ जना एआइजी बन्ने भएका हुन । विगत केही समयदेखि बढुवा प्रक्रिया अघि नबढेर समस्यामा परेका थिए । गृहमन्त्री जनार्दन शर्माको निर्देशनमा प्रहरी प्रधान कार्यालयले एआईजी पदमा ७ जना, ११ जना, वा १३ जना बनाउने भन्ने सिफारिस गरेकोमा अन्त्यमा गएर ११ जनाभन्दा बढी नहुने निर्णय भएको छ । मन्त्रिपरिषद्ले आज गरेको निर्णयले ११ जनाको दरबन्दीमा निर्णय गरेको छ । अब बढुवा समितिको गठन गरेर एआईजीमा बढुवा हुनेको अन्तिम नामावली निकालिने छ ।
प्रहरी प्रधान कार्यालयको स्रोतका अनुसार अहिले भएका सबै डिआईजीहरू मध्येबाट वरिष्ठता वा कनिष्ठता नभनी जोकसैलाई पनि सरकारले एआईजी बनाउन सक्नेछ । तथापि वरिष्ठ तथा एआईजीमा बढुवा हुने सम्भावना भएका डीआईजीहरुमा जयबहादुर चन्द, बम बहादुर भण्डारी, पशुपति उपाध्याय, देवेन्द्र सुवेदी, विजयलाल कायस्थ, मधुसूदन पुडासैनी, माधव जोशी, केशरीराज घिमिरे, कमलसिंह बम, मिङमार लामा, पंकज श्रेष्ठ, माधव नेपाल, रणबहादुर चन्द, हेमन्तबहादुर पाल, गोविन्द निरौला, रोमेन्द्रसिंह देउजा, विजयकुमार भट्ट, सुदीप आचार्यलगायत रहेका छन् ।

यसअघि नेपाल प्रहरीमा सर्वोच्चको आदेशका कारण १३ जना एआईजी पदका पुलिस अफिसर थिए । त्यसबेला सात वटा दरबन्दी भएकोमा सरकारले दुई जनाको दरबन्दी थप गरी नौ जनाको बढुवा गरेको थियो  । उक्त नौ जनामा एकजना वरिष्ठतामा १३ नम्बरमा परेका डीआईजी परेको र सो निर्णय विरुद्ध चार जना डीआईजीले मुद्दा हालेपछि सर्वोच्च अदालतले थप चार जनाको पनि बढुवा गर्न आदेश दिएका कारण १३ जना एआईजी भएका थिए । हाल प्राविधिकका एकबाहेक सबै एआईजी पद रिक्त रहेको अवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *