२०८१ वैशाख ८ गते | 20th of April 2024

प्रदेशसभा र प्रतिनिधिसभाका लागि मतदाता नामावली संकलन गरिने , नामावली बनाउन स्थायी ठेगानामै जानुपर्ने बाध्यता

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २६ गते १५:१५

काठमाडौं २६ असार । निर्वाचन आयोगले मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको चुनावको लागि यही साउन १ गतेदेखि १५ गतेसम्म मतदाता नामावली संकलन गर्ने निर्णय गरेको हो । आयोगको निर्णय अनुसार मतदाता नामावली बनाउनका लागि अब स्थायी ठेगानामा नै जानुपर्ने भएको छ । यस अघि आयोगको यस निर्णयअनुसार अब मतदाता नामावली बनाउनका लागि आफ्नो स्थायी ठेगानामै जानु पर्नेभएको छ । यसअघि बसोबास गरेकै ठाउँबाट मतदाता नामावली बनाउन पाइने व्यवस्था हटाउँदै आयोगले बसोबास गरेको स्थानबाटै नामावली बनाउने व्यवस्थालाई स्थायी ठेगानामै जानु पर्ने बाध्यकारी नियम बनाएको छ।

आयोगका अनुसार तोकिएको अबधिमा मतदाता नामावलीमा नाम नभएका र मतदाता नामावलीमा त्रुटी भएकाहरुले पनि यस अवधिमा सच्याउन सक्ने आयोगले जनाएको छ । मतदाता नामावलीमा भएका आफ्नो विवरण त्रुटी भएर सच्याउनु परेमा जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिनुपर्ने आयोगले जनाएको छ ।

यद्यपी आयोगको यसप्रकारको निर्णयले अधिकांश मतदाता छुटने पक्का छ । यस अघि आयोगले बसोबास गरेकै स्थानमा नामावली बनाउन पाउने प्रावधान हुदा पनि अधिकांश मतदाताहरुको नामावली छुटेको पाइएको थियो । अहिले स्थायी ठेगानामा नै गएर नामावली बनाउनु पर्ने व्यवस्थाका कारण अधिकांशको नामावली छुट्ने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *