२०८१ वैशाख ८ गते | 20th of April 2024

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २८ गते ३:४०

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ भन्ने कुरा त सुनेकै छौ तर अब हामीले खाना खाने चामल पनि डुब्लीकेट आयो भनेर कमै मात्रमा सुनेका हौला । तर यो कुरा सत्य भएको छ । खाना पाकाउने चामल अब धानबाट उत्पादन नभइ प्लाष्टिकहाबाट बनाउन थालिएको छ । चामलमात्र होइन तरकारी रुपमा प्रयोग गरिने बन्दा पनि प्लाष्टिकको आउन थालेको छ । केही समय अगाडि यि हल्लाहरुमात्र आएका भए पनि प्लाष्टिकको चामल बेच्ने एक व्यापारी काठमाडौंबाट पक्राउ परेपछि यो तथ्य बाहिर आएको हो ।

प्लाष्टिकको चामल बिक्री गरेको आरोपमा प्रहरीले राजधानीबाट एक व्यापारीलाई पक्राउ गरेको छ। प्रहरीले सानो भर्‍याङबाट शेरचन ब्रदर्श प्रालिका टंकप्रसाद शेरचनलाई पक्राउ गरेको हो। शेरचनले बिक्री गरेको आरटिसी ब्राण्डको चामल प्लास्टिकको भएको आशंकामा महानगरीय प्रहरी परिसरले उनलाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।
स्रोतका अनुसार प्रहरीको १ नम्बर गणले शेरचनको स्वयम्भू सानो भर्‍याङमा रहेको पसलबाट किनेको चामल अररो भएपछि अनुसन्धान अघि बढाएको थियो। चामल फुट्नुको साटो बल उफ्रिएझैँ उफ्रिएपछि काठमाडौं परिसरले अनुसन्धान अगाडि बढाउँदै शेरचनको गोदाममा छापा मारेको हो। काठमाडौं परिसरका एसएसपी छविलाल जोशीले शेरचनको गोदाममा शिलबन्दी गरी चामल परीक्षणका लागि खाद्य अनुसन्धानमा पठाउने तयारी गरेको छ ।

कसरी चिन्ने प्लाष्टिकको चामल ?

नक्कली चामलको प्रयोग स्वास्थ्यको लागि निकै नै हानिकारक छ । यसले प्रजनन प्रणालीमा बाधा पुर्याउनुको साथै पेटसम्बन्धि विभिन्न समस्याहरु निम्त्याउँछ । त्यसैले तपाईंले प्लाष्टिकको चामलबारे थाहा पाउन निकै नै जरुरी छ ।

आज हामी तपाईंलाई यसैबारेमा जानकारी दिन्छौं । तपाईंले प्लाष्टिकको चामल हो वा होइन सजिलै छुट्याउन सक्नुहुन्छ । यसको ४ सरल तरिका निम्नानुसार छन् ।

१ एउटा चम्चामा तेललाई हालेर तातो बनाउनुहोस् र त्यसमा चामल हाल्नुहोस् । प्लाष्टिकको चामल भए त्यो पग्लन सुरु गर्छ ।

२ एक चम्चा चामललाई एक ग्लास पानीमा हालेर राम्ररी चलाउनुहोस् । प्लाष्टिकको चामल हो भने , पानीमा तैरिन थाल्छ ।

३ थोरै चामललाई पकाउनुहोस् । यदि कन्टेनरमाथि कुनै मोटो पत्र जमेको देखिन्छ भने त्यो प्लाष्टिकको चामलका कारण हुनसक्छ ।

४ थोरै चामल लिएर त्यसमा सलाईको काँटीले आगो लगाउनुहोस् । यदि त्यसबाट जलेको बास्ना आयो भने त्यो प्लाष्टिकको चामल हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *