२०८१ वैशाख ७ गते | 19th of April 2024

द्वन्द्वप्रभावित रथबहादुर गुरुङले निवेदन दिए तर परिचयपत्र नआउदै मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २८ गते ५:२३

रसुवा २८ असार । राहत लिन जाँदा एक द्वन्द्वप्रभावितको निधन भएको छ । रसुवाको उत्तरगया गाउँपालिका–३, ठूलोगाउँका ४५ वर्षीय रथबहादुर गुरुङ राहत लिन सदरमुकाम धुञ्चे पुगेका थिए । द्वन्द्वकालमातत्कालीन राज्य र विद्रोही पक्षबाट पीडित भएको प्रमाणित भएका कारण उनी राहतका लागि आवेदन दिन आएका थिए। सोमबार आवेदन बुझाएका गुरुङले मङ्गलबार द्वन्द्वपीडितको परिचयपत्र पाउने क्रममा थिए। तर अचानक ज्वारो आएर उपचारका लागि उनका दाजुभाइले अस्पताल पुर्‍याएलगत्तै स्वास्थ्य परीक्षण गर्ने क्रममा गुरुङको निधन भएको जिल्ला जनस्वास्थ्यका प्रमुख चिकित्सक झलक शर्मा गौतमले जनाए।उनको फोक्सो–कलेजोले काम गर्न छोडी अन्तिम क्षणमा भेटिएकाले बचाउन नसकिएको चिकित्सक गौतमले बताए। गुरुङ विपन्न परिवारका भएकाले उनका आश्रित परिवारलाई आर्थिक सहयोग स्थानीय बासिन्दाले आग्रह गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *