२०८१ वैशाख १४ गते | 26th of April 2024

गाडीभित्रै बेहोस भएका एक यात्रीको मृत्यु

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २८ गते ५:४९

 
चितवन, असार २८ – दक्षिण चितवनको माडीस्थित बगईबाट नारायणगढतर्फ आउँदै गरेको बसमा यात्राका क्रममा बेहोस भएका एक व्यक्तिको ज्यान गएको छ । उनी एमाले माडी नगर कमिटीका सदस्यसमेत थिए ।
इलाका प्रहरी कार्यालय माडीका अनुसार गाडीमा यात्रा गर्दै गर्दा बेहोस भएका माडी नगरपालिका–९ का बासिन्दा दुर्गादत्त भट्टको उपचारका क्रममा बघौडा अस्पतालमा ज्यान गएको हो ।
भट्ट असार २६ गते दिउँसो गाडीमा यात्राका क्रममा गाडीभित्रै बेहोस भएका थिए । माडी नगरपालिका–९ गणेशकुञ्जका भट्ट माडी नगरपालिकामा कामको सिलसिलामा आउँदै गर्दा गाडीभित्रै बेहोस भएका थिए ।
नेकपा एमाले माडी नगर कमिटीका अध्यक्ष नारदमणि पौडेलका अनुसार माडीको बसन्तपुरमा आइपुग्दा सबै यात्रु झरे पनि उनी नझरेपछि हेर्दा बेहोस देखेर तत्कालै स्थानीय बघौडा अस्पताल पु¥याइएको थियो । पौडेलका अनुसार उनी एमाले माडी नगर कमिटीका सदस्य थिए । सोही दिन घरमा रोपाइँको समेत तयारी गरिएको उहाँले बताए ।
तत्कालै उनको उपचारका लागि बघौडा अस्पतालमा पु¥याइएकामा उपचारका क्रममा ज्यना गएको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ । विदेशमा रहेका छोराहरु आएपछि मात्रै अन्त्येष्टि गरिने भएकाले अहिले उनको शवलाई भरतपुर अस्पतालमा राखिएको पौडेलले जानकारी दिए । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *