काठमाडौं २८ असार । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज आउन एक महिना बाँकी छ । तर तीजका गीतहरु रेडियो टेलिभिजन तथा सामाजिक सञ्जालहरुमा घन्किन थालेका छन । जसका कारण यतिबेला गायिक गायिकाहरु निकै व्यस्त देखिन्छन ।
त्यही क्रममा गायिका सुनिता अधिकारीले पनि यसपालिको तीजमा नया कोसेली लिएर आएकी छन । उनले मायाले गीत गाउने हो भनी पुतली झैँ नाच्छु छमछमी जस्ता शब्द समेटिएको ‘झलमल झलमल’ बोलको तीज गीत लिएर आएकी हुन । गायिका अधिकारीले उक्त गीतको म्युजिक भिडियो समेत छायाँकन गरिसकेकी छन ।
मंगलबार काठमाडौमा उनले गीतको म्युजिक भिडियो छायाँकन गरेकी छन । भागीरथ चलाउनेको शब्द रहेको उक्त गीतमा भागीरथ चलाउनेले सुनितालाई स्वरमा साथ दिएका छन । केही दिनमा नै म्युजिक भिडियो सार्वजनिक गर्ने तयारीमा रहेको गायिका अधिकारीले बताएकी छन ।