२०८१ वैशाख ८ गते | 20th of April 2024

पन्ध्र बर्षपछि अदालतले गर्यो फैसला, रानीबारी हत्याकाण्डका दोषीलाई जन्मकैद

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २८ गते १६:२१

काठमाडौं, २८ असार । रानीवारी हत्याकाण्डका दोषीलाई जन्मकैद पैmसला सुनाएको छ । १५ वर्षअघि भएको रानीबारी हत्याकाण्डका दुई जना अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको हो ।
जिल्ला न्यायाधीश रमेशप्रसाद रिजालको इजलासले हत्यामा संलग्न रहेको ठहर गर्दै रामेछापको फुलासी घर भइ जोरपाटी बस्ने ३२ वर्षे प्रमेश चौहान र दोलखा खारे घर भई सामाखुसी बस्ने ३० वर्षे मनराज गुरूङलाई जन्मकैदको सजाय सुनाएको हो ।
उनीहरुले २०५९ साल असार ३१ गते काठमाडौंको रानीबारीमा डेरा गरी बस्ने इन्जिनियर दम्पति हेमबहादुर श्रेष्ठ र अन्जली श्रेष्ठको धारिलो खुकुरी प्रहार गरि हत्या गरेका थिए । सजाय पाउने दुवै जनालाई प्रहरीले २ वर्षअघि पक्रेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *