२०८१ वैशाख ८ गते | 20th of April 2024

सोमबारदेखि विहिबारसम्म काठमाडौंमा विद्युत प्रशारण बन्द गरिने

खुल्लामन्च
 प्रकाशित: २०७४ असार २९ गते १७:१२

काठमाडौं २९ असार । नेपाल विद्युत प्राधिकरणले सेवा आफनो सहज सेवा विस्तार गर्नका लागि बिजुली वितरण प्रणालीलाई आधुनिकीकरण गर्न थालेको छ ।
प्राधिकरणले पहिलो चरणमा बानेश्वर सबस्टेशनबाट परिक्षण प्रशारण गर्ने भएको छ । परम्परागत प्रणालीलाई प्रतिस्थापन गर्नका लागि वानेश्वरबाट आधुनिकीकरण गर्ने काम सुरु भएको हो । परीक्षण सफल भएपछि अन्य सवस्टेशनलाई आधुनिकीकरणको काम सुरु हुने छ ।
आधुनिकीकरणपछि सो सवस्टेशको सम्पुर्ण जानकारी प्राप्त हुने र कम्प्युटरमा रेकर्ड रहनेदेखि प्रणाली प्रभावकारी रुपमा सञ्चालन हुने छ । प्रणाली सुदृढीकरण गर्न प्राधिकरणले बिहीबारदेखि सोमबारसम्म राजधानीको विभिन्न स्थानमा बिजुली आपूर्ति बन्द गर्ने बताएको छ ।

असार ३१ गते राजधानीको बाग्मति धोविखोला क्षेत्रमा विहान ८ बजेदेखि दिउँसो साढे १२ बजेसम्म, बानेश्वरको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र शंखमुल क्षेत्रमा दिउँसो साढे १ देखि साँझ ६ बजेसम्म बिजुली आपूर्ति बन्द हुनेछ ।

साउन १ गते शनिबार एयरपोर्ट र ललितपुरको लुभु क्षेत्रमा बिहान ८ देखि दिउसो साढे १२ बजे, साउन २ गते बानेश्वर र कोटेश्वर क्षेत्रमा बिहान ८ देखि दिउसो साढे १२ बजेसम्म आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *