२०८१ वैशाख ६ गते | 18th of April 2024

ब्राजिलियन नेतृको मारियाको बिहेमा अण्डा आक्रमण

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १ गते ६:१०

ब्राजिलियन नेतृ मारिया भिक्टोरियाको विवाहमा आक्रमण भएको छ ।
शुक्रबार जिस चर्चमा मारियाको विवाह भइरहँदा चर्च बाहिर सयौंको संख्यामा प्रदर्शनकारी जम्मा भएका थिए ।
नेतृले बामपन्थी प्रदर्शनकारीमाथि आफ्नो विवाहमा अवरोधको प्रयास गरेको आरोप लगाएकी छन् ।
२५ वर्षीया मारिया भिक्टोरिया ब्राजिलको पाराना प्रान्तकी राज्य सभा सदस्य हुन् र उनका पिता ब्राजिली राष्ट्रपति माइकल टेमेरको सरकारमा स्वास्थ्यमन्त्री छन् ।

प्रदर्शनकारीले त्यहाँ अण्डाले आक्रमण गरेका थिए, जसका कारण मारियालाई सुरक्षाकर्मीको बंकरमा राखेर बाहिर पठाइएको थियो ।

मारियाको विवाहमा उनका पिता रिकार्डो ब्यारोेस, पाराना राज्यको उप गभर्नर रहिसकेकी उनकी आमा लगायत ब्राजिली राजनीतिका थुप्रै हस्तीहरुको उपस्थिति थियो ।


प्रदर्शनकारीले त्यहाँ सरकारबिरोधी नारा लगाएका थिए मारियालाई सरकारको फेरवदलमा सहयोगी भूमिका खेलेको आरोपपनि प्रदर्शनकारीले लगाएका थिए ।

नव दम्पती र उनका पाहुनाहरुलाई सुरक्षित स्थानमा लानका लागि अन्तिममा दंगा नियन्त्रण पुलिसलाई बोलाइएको थियो ।

पारानाको गभर्नरका लागि मारियाकी आमा सिडा बोरगेटीले हालै चुनाव लड्ने घोषणा गरेकी छन् र यसका लागि उनलाई बामपन्थी पार्टी र युनियनले फण्ड दिएका छन् ।

एजेन्सी

Leave a Reply

Your email address will not be published. Required fields are marked *