२०८१ वैशाख १३ गते | 25th of April 2024

लस एन्जलसबाट ईन्दिरा त्रिपाठी, एनआरएन महिला संयोजक उम्मेद्वार

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २१ गते २०:०३

लस एन्जलस, अमेरिका ।
एनआरएन अमेरिकाको आसन्न चुनावमा लस एन्जलस निवासी इन्दिरा त्रिपाठीले महिला संयोजक पदमा उम्मेद्वारी दिने घोषणा गरेकी छिन् । नेपाल अमेरिका एकता समाजकी पूर्व महासचिव त्रिपाठी एनआरएन अमेरिका राष्ट्रिय महिला समितिमा रही काम गरिरहेकी छिन् ।
गत चुनावमा वर्तमान महिला संयोजक राधा पौडेललाई संस्थामा सहमतिको माध्यमबाट नेतृत्व चयन गर्नुपर्दछ भन्दै आफ्नो उम्मेद्वारी फिर्ता लिई निर्बिरोध गराउन सहयोग गरेकी थिइन । लस एन्जलसमा बिभिन्न सामाजिक संस्थाहरुमा आबद्ध तथा लामो समय देखि सामाजिक कार्यकर्ताको रूपमा सकृय त्रिपाठीलाई वर्तमान संयोजक पौडेल लगायत टिमको समर्थन रहेको उनले बताईन ।
एनआरएनका विगतका दुई निर्वाचनमा महिला संयोजक पदमा निर्बिरोध निर्वाचित भएका थिए । महिला बिचबाट अहिले सम्म कसैले यस पदमा उठ्ने इच्छा जाहेर नगरेकोबाट यस पटक समेत निर्बिरोध रूपमा चयन हुने सम्भावना रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *