२०८१ वैशाख ७ गते | 19th of April 2024

अष्ट्रेलियाको सिड्नीमा मोडल रमिला र करण यस्तो अवस्थामा भेटिए

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १५ गते २:०१

कााठमाडौं १४ साउन । नेपाली चलचित्र क्षेत्रमा राम्रो नाम कमाउन सफल भएका नायक निर्माता करण श्रेष्ठ यतिबेला अष्ट्रेलियामा छन । उनी अष्ट्रेलियामा पुगेर चलचित्र तथा म्युजिक भिडियोको छायाँकनमा नै ब्यस्त रहेका छन । उनी यतिबेला अष्ट्रेलियाको
सिड्नीमा गीतको सुटिङमा व्यस्त छन् । निशा देसारको स्वरमा रहेको ‘मनभरि तानाबाना’ बोलको गीतको छायाँकनमा नै उनी ब्यस्त रहेका छन । उनको साथमा मोडल रमिला अधिकारीले अभिनय गरेकी छन । उक्त गीतको म्युजिक भिडियोको निर्देशन मनोज अधिकारीले गरेका छन ।  गीतको म्युजिक भिडियोलाई श्री पराजुलीले आकर्षक तरिकाले क्यामेरामा कैद गरेका छन । ‘गुमनाम’ एल्बमको यो गीतमा गैह्रे सुरेशको संगीत र प्रदिप चापागाईको शब्द रहेको छ । गीतको म्युजिक भिडियो राम्रो हुने र सबैलाई मन पर्ने करण बताउछन । भिडियो केही दिनमा युटयुवमा आउने उनको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *