२०८१ वैशाख ८ गते | 20th of April 2024

यसपालिको तीजमा सलिनाले साढे ३३ हजारको साडी लगाउने (भिडियो सहित)

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन १६ गते १६:४१

सलिनाले यसपालिको तीजमा साढे ३३ हजारको साडी लगाएर नाच्ने भएकी छन । उनले वास्तविक लाइफमा कति हजारको साडी लागाउछिन त्यो त सलिनालाई नै थाहा होला तर उनले भर्खरै बजारमा ल्याएको तीज गीत नाचन साइली बोलको गीतमा उनले साढे ३३ हजारको साडी लगाएर नाच्ने भएकी छन । गीतमा यिनै शब्दहरु समेटिएका छन ।
सलिना नेपाली सांगीतिक क्षेत्रमा ठुलो संघर्षका साथ गायन तथा मोडलिङ गर्दै आएकी छन । यस क्षेत्रमा आउन यनले निकै संघर्ष गर्नु परेको कुरा केही दिन अघि कमल फुयाँलसंगको अन्तर्वार्तामा बताएकी थिइन । उनले कति दिन त सडकको पेटीमा रात विताउनु परेको पीडा पनि उनको जीवन भोगाइ रहेको छ । यसरी संघर्ष गर्दै आएकी सलिना नेपालीले गायिका बन्नका लागि अर्घाखाचीबाट काठमाडौ आउदा भोग्नु परेको कथा तथा जीवन भोगाइ निकै ने पिडादायी रहेको छ ।
तर आफनो दुख सुख जे जस्तो भएपनि उनको मेहनतको फल भने पाएकी छन । त्यसको उदाहरण अहिले उनी एउटा गायिका मात्र बनेकी छैैनन । उनी एक कुसल मोडल पनि बन्न सफल भएकी छन । उनले आधा दर्जन जति गीतको म्युजिक भिडियोमा अभिनय गर्ने अवसर समेत पाएकी छन ।
पछिल्लो समय उनले तीज विशेष गीत नाचन साहिली बोलको गीत बजारमा ल्याएकी छन । सलिना नेपालीको स्वरमा रहेको उक्त गीत निकै सन्देश मुलक र मौलिकता झल्कने खालको रहेको छ । पछिल्लो समय उक्त गीतले गर्दा सलिनाको निकै चर्चा कमाइरहेकी छन । युटयुवमा पनि उनको गीतले राम्रै अवसर पाएको छ । करिब ९१ हजारले उक्त गीत हेरिसकेका छन ।
सलिनालाई राजन कार्कीले स्वरमा साथ दिएका छन । घनश्याम रिजालको शब्द संगीत रहेको उक्त गीतमा राजन कार्कीले संगीत भरेका छन । रविन थापाको निर्देर्शनमा बनेको उक्त गीतको म्युजिक भिडियोमा गायिका सलिना नेपाली आपैm अभिनय गरेकी छन । भने सलिनाको साथमा नरेश बीर देखिएका छन । भिडियो निकै आकर्षक र सन्देशमुलक रहेको छ ।
हेर्नुस भिडियो

https://www.youtube.com/watch?v=L6JM7eCsqIw&sns=fb

Leave a Reply

Your email address will not be published. Required fields are marked *