छ करोड ५९ लाख राजस्व संकलन

99 पटक पढिएको

जुम्ला, १९ साउन । करदाता सेवा कार्यालय जुम्लामा गत आव २०७३÷०७४ मा रु छ करोड ५९ लाख नौ हजार ७६७ राजस्व संकलन गरिएको छ ।

संकलित राजस्वमा सबैभन्दा बढी अग्रिम आयकर रहेको छ जसमा अग्रिम आयकरतर्फ रु दुई करोड १९ लाख ७८ हजार राजस्व संकलन भएको करदाता सेवा कार्यालय, जुम्लाका निमित्त कार्यालय प्रमुख कमलेशकुमार यादवले जानकारी दिनुभयो ।

त्यसैगरी, पारिश्रमिकमा आधारित सामाजिक सुरक्षा करतर्फ रु एक करोड २४ लाख ८८ हजार र पारिश्रमिक करतर्फ रु एक करोड १४ लाख १९ हजार राजस्व संकलन भएको निमित्त कार्यालय प्रमुख यादवले बताउनुभयो ।

त्यस्तै, मूल्य अभिवृद्धि करतर्फ रु एक करोड आठ लाख ८३ हजार राजस्व संकलन भएको उहाँको भनाइ छ । उहाँका अनुसार बहालकर रु ३० लाख ५४ हजार, मदिराबाट रु २७ लाख ३७ हजार र सुर्तीजन्य चीजबाट २४ हजार राजस्व संकलन भएको छ ।

यता ब्याज करबाट रु १५ लाख ८१ हजार, पूँजीगत लाभ करअन्तर्गत रु नौ लाख २० हजार र शिक्षा सेवा शुल्कबापत रु दुई लाख आठ हजार राजस्व संकलन भएको कार्यालय प्रमुख यादवले अवगत गराउनुभयो ।

घरबहाल करमा भने बढी कर छली भएको उहाँको भनाइ छ । विभागले रु छ करोड ८२ लाख राजस्व संकलन गर्ने लक्ष्य दिएपनि त्यो भेट्न सकिएन, तर पनि गत आव ०७२÷०७३ को भन्दा १५.७५ प्रतिशतले राजस्व संकलनमा वृद्धि भएको छ, उहाँले भन्नुभयो ।

आव ०७२÷०७३ मा करदाता सेवा कार्यालय जुम्लाले रु पाँच करोड ४२ लाख राजस्व संकलन गरेको थियो । बजारमा सामान किनबेच गर्दा बिल लिनेदिने संस्कार नबसेकाले त्यसबाट पनि राजस्व धेरै छली भएको कार्यालयले जनाएको छ । रासस

तपाईको प्रतिक्रिया

बाना सर्यो आफ्नै सामुदायिक भवनमा

विजय थापा - बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा आफ्नै सामुदायिक.. ...

मिचिएको सीमामा जाँदै नेविसंघ

काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेविसंघ वीरगञ्जमा भारतले मिचेको सीमाको अवलोकनका.. ...

चर्चित नायिका केकी अधिकारीको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को C O W सार्वजानिक

नायिका केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को पहिलो गीत ‘सी ओ डब्लु.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate