1

पाथीभरा गोल्डकप प्रतियोगितामा ताप्लेजुङ विजयी

279 पटक पढिएको

 

ताप्लेजुङ, २२ साउन । आजदेखि यहाँ शुरु भएको दोस्रो पाथीभरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा ताप्लेजुङ विजयी भएको छ ।

सदरमुकामस्थित भानुजन माविको खेल मैदानमा भएको खेलमा रेडहर्स क्लब इलामलाई ३–० गोलअन्तरले पराजित गर्दै प्रयास युवा क्लब ताप्लेजुङ विजयी भएको हो ।

ताप्लेजुङका लागि खेलको ४७आँै मिनेटमा कृष राई, ५९औँ मिनेटमा मुकेश लिम्बू र ८३औँ मिनेटमा सुनिल नाल्बोले गोल गरेका थिए । सोमबार कर्णसिंह सोनाम स्मृति क्लब ताप्लेजुङ र सशस्त्र प्रहरी फुटबल टिम दमकबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा दशवटा टिमको सहभागिता रहेको लाखेजात्रा खेल सञ्चालन समितिका अध्यक्ष युगराज गुरुङले जानकारी दिनुभयो । प्रतियोगिताको विजेतालाई ट्रफीसहित रु दुई लाख ११ हजार १११ र उपविजेतालाई रु एक लाख ११ हजार १११ पुरस्कार प्रदान गरिनेछ । साउन ३० गतेसम्म चल्ने प्रतियोगिता २०२९ सालदेखि लाखेजात्राका अवसरमा हरेक वर्ष सञ्चालन हुँदै आएको छ ।

तपाईको प्रतिक्रिया

प्रदेश नम्बर ६ मा नेपाल निर्माण व्यवसायी महासंघका विविध कार्यक्रम

निर्मल अर्याल/काठमाडौं - नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले प्रदेश नं. ६ का.. ...

एमाले-माओवादी एकता, नेपाल कम्युनिष्ट पार्टी नयाँ नाम

काठमान्डौं - एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्ने ऐतिहासिक सहमती भएको छ। सोमबार.. ...

‘गगनले होइन, हामी बनाउछौं अब कांग्रेस’- तरुण दल अध्यक्ष जितजंग

काठमाडौँ- प्रजातन्त्र दिवसको अवसर पारेर नेपाली कांग्रेसका युवा नेताहरुले तीन ठाउँबाट.. ...

बरु मरेर जाउँला कांग्रेस छाड्दिन-चन्द्रावति पौडेल (भिडियो सहित)

पोखरा २५ बैशाख । स्वर्गीय रामजी पौडेल बादल की धर्मपत्नी चन्द्रावति पौडेलले बाचुन्जेल.. ...

चलचित्रमा सफलता : सुन्दरी केकीको ‘ऐश्वर्य’

काठमान्डौं । छठ पर्वको दिनबाट नेपाली हलमा प्रदर्शन आरम्भ गरेको वर्षको प्रतिक्षीत फिल्म.. ...

काठमाडौमा प्लाष्टिकको चामल छयापछयाप्ती, सानो भर्‍याङबाट एक व्यापारी पक्राउ

काठमाडौं २८ असार । तपाइ हामीले विभिन्न सामान नक्कली तथा तरकारी फलफुलमा बिषादी मिसाइएको हुन्छ.. ...

Today Exchange Rate