२०८१ वैशाख ८ गते | 20th of April 2024

एनआरएन अमेरिका : वरिष्ठ उपाध्यक्षका बलिया उम्मेद्वार सुनिल शाह

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २३ गते ८:५८

टेक्सास, अमेरीका –  एनआरएन अमेरीकाको आसन्न निर्वाचनका लागी बरिष्ठ उपाध्यक्षमा डालसका चिरपरिचित समाजसेवी तथा व्यवसायी सुनिल शाहले मनोनयन दर्ता गर्नुभएको छ ।

करिब १३ वर्ष अघि नेपालको जनकपुरबाट अमेरीका आएका शाहको नाम अमेरीकी नेपाली माझ नौलो नाम होइन । सामाजिक कार्यहरुमा निरन्तर सकृय शाह हाल एनआरएन अमेरीकाको सल्लाहकार हुनुहुन्छ ।

‘प्रवासी नेपालीहरुमा ग्रास लेवल देखी माथिल्लो तहसम्म समस्याका चाङ छन्, ती समस्याहरुको समाधान गर्न पहल गर्ने हेतुले एनआरएनको बरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी दिएको हुं’ शाहले भन्नुभयो । ‘प्रवासी नेपालीहरुका समस्याको समाधान भयो भने एनआरएनप्रतिको चाख बढ्नेछ’ शाह थप्नुहुन्छ ।

नेपालमा प्रजातान्त्रिक आन्दोलनसंगै समाजसेवामा पनि लागेका शाह अमेरीकामा पनि उत्तिकै सक्रिय हुनुहुन्छ । अमेरीकामा मधेसी एसोसियसन गठन गर्न मुख्य भुमिका खेलेका शाहले प्रवासी नेपालीहरुका समस्या सामाधान नै आफ्नो मुख्य एजेण्डा रहेको बताउनुभयो ।

प्रवासी नेपाली त्यसमाथी अमेरीकामा बसोबास गर्ने नेपालीहरुका समस्या मैले बुझेको छु शाहले भन्नुभयो, ‘समस्या समाधानको बाटो समात्न एनआरएन अमेरीकाको बरिष्ठ उपाध्यक्षको उम्मेद्धार बनेको हुं ।’

बरिष्ठ उपाध्यक्षका लागी सहयोग र समर्थन गर्न शाहले सबै नेपालीहरुमा आग्रह गर्नुभएको छ । सरल जिवनयापन, मृदुभाषी तथा मिलनसार शाह बरिष्ठ उपाध्यक्षको बलिया प्रत्याशी हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *