२०८१ वैशाख १३ गते | 25th of April 2024

टेक्ससमा अन्तर्राष्ट्रिय रक्तदान कार्यक्रम सम्पन्न

खुल्लामन्च
 प्रकाशित: २०७३ फागुन २३ गते २१:३१

विजय थापा

टेक्सस । हेल्प फर डेस्पेरेट एण्ड निडी पिपुल(एचडीएनपी इन्टरनेसनल)ले अमेरिकाको ड्यालसमा त्रैमासिक रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

रक्तदान कार्यक्रममा १२ जना अमेरिकन तथा ८ नेपालीले गरी २० जनाले रगतदान गरेका छन् । एचडीएनपी इन्टरनेसनलले रक्तदानसहित १७ औं पटक सफलतापूर्वक सम्पन्न गरेको छ ।

त्यस्तै आगामी मे २९ तारिख करिब ५ सय जना घरवारबिहीनलाई ड्यालसको फोर्थवर्थमा खाना खुवाउने निधो गरेको संस्थाका संस्थापक देवी आचार्यले जानकारी दिएका छन् ।

एचडिएनपी अन्तरर्राष्ट्रियले असहाय ,दुखी, घरबारबिहीनहरुको लागि स्वास्थ्य, शिक्षा र जिविकोपार्जन गर्नेदेखि लिएर उनीहरुलाई सशक्तिकरण गर्ने काममा पनि मद्दत गर्ने गरेको छ ।

संस्थाले प्रत्येक महिनामा नेपालको पशुपतिनाथमा घरवारबिहीन तथा आˆना सन्तानबाट तिरस्कृत भएका बृद्धहरुलाई समेत बिशेष सहयोग प्रदान गर्ने गर्दछ । यसको साथै उनीहरुको स्वास्थ्य उपचार तथा लत्तकपडासमेत उपलब्ध गराईरहेको छ । एचडीएनपी इन्टरनेसनलले अमेरिकी सरकारको गैरनाफामूलक सामाजिक संस्थामा दर्ता भएको संस्था हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *