२०८१ वैशाख १३ गते | 25th of April 2024

भुवनको ‘सम्मान मेरो’ गीति एल्बम विमोचित

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २३ गते १५:३०

काठमाडौँ, २३ साउन । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले गायक भुवन सुप्तीहाङ राईको ‘सम्मान मेरो’ पाँचौ गीति एल्बम आज विमोचन गरेका छन् ।

एल्बममा बुद्धवीर लामा, जितेन्द्र रसिक, विश्वकाजी राईलगायत १० रचनाकारको सुगम गीत संग्रह गरिएको छ । यहाँ आयोजित कार्यक्रममा जोशीले राष्ट्रियता र सामाजिक एकतालाई बलियो बनाउन स्रष्टा लाग्नुपर्नेमा जोड दिँदै ग्रामीण भेकको जनजीवनमा बोलिने भाषाका आधारमा गीत बनाउन सकेमा स्वदेशी लोक संस्कृतिकोसंरक्षण हुने बताए  ।

गीतकार लामाले राम्रो गीतको रचना गर्नका लागि समाजमा हुने विभिन्न घटनाको प्रभाव महत्वपूर्ण आधार हुने अनुभव बताए  । चलचित्र निर्देशक डब्बु क्षेत्रीले एल्बमका केही रचनामा प्रचलित नेपाली भाषाको शब्द बिग्रिएकाले सञ्चाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *