२०८१ वैशाख ७ गते | 19th of April 2024

एनआरएन अमेरिकाको निर्वाचन : उपाध्यक्ष पदका सशक्त उम्मेद्वार संजिव श्रेष्ठ

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २३ गते १८:२८

न्यू जर्सी, अमेरिका । कुनै भबितब्य नभए अबको केही दिनमा सम्पन्न हुने एनआरएन अमेरिकाको निर्वाचनमा न्यू जर्सीका चर्चित युवा संजिव श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएका छन । खगेन्द्र जिसीको पालाका सह-सचिव र पछिल्लो निर्वाचनमा उपाध्यक्ष पदमा हारेका श्रेष्ठ अमेरिकी नेपाली समुदायमा सकृया सामाजिक अभियान्तामा पर्दछन ।

एनआरएन आईसिसीको अमेरिका क्षेत्रस्तरिय खेलकुद बिभागका संयोजक रहेका श्रेष्ठ नेपालका चर्चित जुडो खेलाडी पनि हुन । न्यू जर्सी, त्यस क्षेत्र वरपर लगायत अमेरिकाका थुप्रै नेपाली समुदायिक संस्थाहरुमा बिभिन्न पदमा सकृय श्रेष्ठ ‘खेलकुद, युवा जागररण र सेवाका लागि’ आफुले उपाध्यक्ष पदमा उम्मेद्वारी दिएको बताउंछन ।

नेपाल स्पोर्टस डेभलप्मेण्ट एन्ड कल्चरल ईन्कका महासचिव तथा ब्लड डोनर्स अफ अमेरिकाका सह-सचिव समेत रहेका श्रेष्ठ युवाहरु बिछ चर्चित छन । नेपाली जनसंपर्क समिति, अमेरिकामा ‘डिसिजन मेकिङ्ग र्यान्क’मा पर्ने श्रेष्ठ लामो समयसम्मको सामाजिक सकृयताले उपाध्यक्ष पदमा आफु जित्नेमा ढुक्क रहेको बताउंछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *