२०८१ वैशाख १३ गते | 25th of April 2024

मलेसियामा ४०० जना पक्राउ, आतकंवाद भएको आशंका

खुल्लामन्च
 प्रकाशित: २०७४ साउन २४ गते २:४२

साउन २४ । मलेसियाका ४०० जना भन्दा बढी पक्राउ परेका छन । सुरक्षाकर्मीले आतंकवादी विरुद्धको अभियानको क्रममा ठुलो परिणाममा मानिसलाई पक्राउ गरेको सरकारी अधिकारीले बताएका छन् । मलेसियामा आतंकवादी आक्रमणको खतरा रहेको सूचनाका आधारमा सुरक्षाकर्मीले त्यस विरुद्ध अभियान चलाएको हो । राजधानी क्वालालम्पुरमा भएको अभियानको क्रममा पक्राउ परेका मानिसमा धेरैजसो बंगलादेश, भारत र पाकिस्तानका नागरिक रहेको सरकारी अधिकारीलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । सुरक्षाकर्मीले नम्कली पासपोर्ट बनाउने मेसिन, आप्रवासन सम्बन्धी फर्जी कागजातसहितका सामान पनि बरामद गरेको छ ।
मलेसियाको राजधानी क्वालालम्पुरमा यहि अगस्ट १९ देखि दक्षिण पूर्वी एसियन गेम्स हुँदैछ । यसले गर्दा शहरको सुरक्षा व्यवस्था कडा पारिएको छ । सोमबार गरिएको अभियानको क्रममा पक्राउ परेकालाई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *