इपिएस मार्फत दक्षिण कोरिया पुगेका पर्वतका केशव श्रेष्ठले सुसाइट नोट लेखेर आत्महत्या गरेका छन । श्रेष्ठले सोमबार आत्महत्या गरेका हुन । ‘कम्पनीले पनि ल्याङ ल्याङ गर्छ । पेपर दे घर जान्छु भन्दात पनि दिदैन । मेरो अकाउन्टमा ३२ लाख वन छ । यसमा बुढी र बहिनीलाई दिनु होला’ भन्ने नोट लेखेर श्रेष्ठले आत्महत्या गरेका छन । श्रेष्ठको सुसाइड नोटमा ३२ लाख वन अर्थात करीव २ लाख ८५ हजार रुपैया आफनो बैंक खातामा रहेको र सो पैसा श्रीमती र बहिनीलाई दिन अनुरोध गरिएको छ ।
२८ बर्षीय केशवको पर्वतको थापाथाना घर हो । स्वास्थ्यमा खराव रहेको,औषधी उपचार गर्दा पनि निको नभएको,विदा लिएर घरमा आउन चाहेको,कम्पनीले घरमा आउन विदा नदिएको,निन्द्रा नलाग्ने समस्या रहेको,निन्द्रा लाग्ने औषधी सेवन गर्दै आएको जस्ता तथ्यहरु उनका सहकर्मीका भनाई र सुसाइड नोटबाट खुल्न आएको छ ।
करीव १५ महिना अघि बैदेशिक रोजगारीको सिलसिलामा दक्षिण कोरिया पुगेका श्रेष्ठले सोमबार आत्महत्या गरेका छन् । कोरियाको छुन्जुस्थित आफनै कम्पनीको छतमा जाने भरयाङमा झुण्डिएर श्रेष्ठले आत्महत्या गरेका हुन । दिवा र रात्रीकालीन सेवा रहेको कम्पनीमा श्रेष्ठले दिवा सेवामा काम गर्ने गरेका थिए ।